तातो कफीले पोलेर घाइते भएकी प्रितीलाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्ने
काठमाडौं । उपभोक्ता अदालतले जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी प्रिती थापालाई क्षतिपूर्ति तिर्न कतार ऐयरवेजका नाममा फैसला गरेको छ । अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्ट सहित सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सनअनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ तथा उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
प्रितीले सन् २०२३ मे २६ मा कतार एयरवेजको अधिकारप्राप्त टिकट एजेन्सी प्रोफिसिएन्ट ट्राभल्स प्रालिमार्फत काठमाडौं–दोहा–बोस्टन तथा बोस्टन–दोहा–काठमाडौं रुटको दुईतर्फी हवाई टिकट खरिद गरेकी थिइन् । सोही टिकट सम्झौताअनुसार उनी सन् २०२३ जुन १० मा काठमाडौंबाट दोहा हुँदै अमेरिकाको बोस्टन पुगेकी थिइन् ।
एक महिनापछि सन् २०२३ जुलाई १० मा उनी बोस्टनबाट कतार एयरवेजको क्युआर–७४४ विमानमार्फत दोहा हुँदै क्युआर–६४८ विमानबाट काठमाडौं फर्किने क्रममा थिइन् । बोस्टनस्थित एडवार्ड एल लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानमा यात्रा गरिरहेकै बेला चालक दलका सदस्यले उनलाई अत्यधिक तातो कफी दिएका थिए ।
उक्त कफी उनको पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा पोखिएपछि उनी गम्भीर रूपमा घाइते भएकी थिइन् । विमान कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनलाई विमानस्थलस्थित आकस्मिक स्वास्थ्य सेवामा लगेर प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा उनको चोट ‘सेकेन्ड डिग्री बर्न’ भएको पुष्टि भएको थियो ।
त्यसपछि काठमाडौं फर्किएपछि उनी कीर्तिपुर बर्न अस्पतालमा समेत भर्ना भएकी थिइन् । जलनका कारण उनले लामो समय शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको भन्दै उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सनअनुसार क्षतिपूर्ति माग गरेकी थिइन् । पीडित प्रिती थापाले सुरुमा २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
फैसलाको पूर्णपाठ आएपछि कतार एयरवेजले क्षतिपूर्ति तिर्ने वा ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

