गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
काठमाडौं । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुसले गर्दा अहिले दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ। यस्तो अत्यधिक गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको निरन्तर आवश्यकता पर्छ। यही मौसमी आवश्यकता र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याकंडेकरले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको जनाएको छ।
गर्मी छल्न बजारका कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थ पिउनुभन्दा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस सधैं स्वास्थ्यवर्द्धक हुन्छ। ग्राहकको यही दैनिक आवश्यकतालाई सहज र छिटो बनाउन ब्ल्याकंडेकरले यी प्रिमियम उपकरणहरू डिजाइन गरेको बताएको छ।
समय र स्वास्थ्यका लागि उपयोगी विशेषताहरू :
– समयको बचत र सहज जुस : यस प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा रहेको ७५ एमएमको ठूलो फिडिङ ट्युबले गर्दा फलफूललाई स-साना टुक्रा नपारी सिङ्गै राखेर जुस निकाल्न मिल्छ, जसले भान्साको काम निकै छिटो र सहज बनाउँछ।
– एक्टिभ लाइफस्टाइलका लागि : ३०० वाटको यो पर्सनल स्पोर्ट्स ब्लेन्डर विशेष गरी फिटनेस रुचाउने र व्यस्त जीवनशैली हुनेहरूका लागि हो। यसमा रहेको ५०० एमएलको ट्राइटन बोटलमै स्मुदी बनाएर सिधै अफिस वा जिम लैजान सकिन्छ।
– परिवारका लागि उपयुक्त : ७०० वाटको हाई-स्पिड मोटर र १.७ लिटरको सुरक्षित ग्लास जार भएको यो ब्लेन्डरले एकैपटकमा पूरै परिवारका लागि चिसो पेय तयार गर्छ।
बजार उपलब्धता र भरोसा
नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको बताएको छ।
कम्पनीका अनुसार, ब्ल्याकंडेकरका यी उत्पादनहरूमा २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टी रहेको छ। सिजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कले बिक्री पछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। बढ्दो गर्मीमा प्रशस्त पानी र ताजा जुस पिउनुका साथै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

