समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समितिले सोमबार सूचना जारी गर्दै विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको हो।
समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नाम समावेश भएका ऋणीलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।
त्यस्तै हालसम्म ऋण नतिरेका ऋणीलाई काठमाडौंको बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी बाँकी रकम यथाशीघ्र चुक्ता गर्न निर्देशन दिइएको छ।
समितिले तोकिएको अवधिभित्र ऋण नतिरे कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने तथा असुलउपर गरिने चेतावनी समेत दिएको छ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

