• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • ६ घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • २३ घण्टा 

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
  • २३ घण्टा 

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
  • २३ घण्टा 

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ

  • २. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ३. क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

  • ४. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • ७. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ८. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • ९. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

जानकारी केन्द्र २०८३, जेष्ठ, २८

इटहरी ।  एमएडब्ल्यू अर्थमुभर्स प्रालिअन्तर्गत सञ्चालित जेसीबी नेपालले कोशी प्रदेशका ग्राहक, उद्योग व्यवसायी तथा सरोकारवालासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले इटहरीमा ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ आयोजना गरेको छ।

कार्यक्रममा जेसीबीका ग्राहक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, निर्माण तथा उद्योग क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू तथा जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कम्पनीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जेसीबीका ग्राहकहरूले वर्षौंदेखि देखाउँदै आएको विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु रहेको थियो। साथै भरपर्दो उपकरण, प्रभावकारी आफ्टर सेल्स सेवा तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसरका रूपमा कार्यक्रम सफल भएको कम्पनीले जनाएको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जेसीबी उपकरण, पार्ट्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौता सेवामा निरन्तर विश्वास गर्दै आएका ग्राहकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कम्पनीले ग्राहकहरूको निरन्तर साथ र विश्वासकै कारण जेसीबी नेपालले बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै आएको जनाएको छ।

त्यसैगरी नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण व्यवसायी संघ, क्रसर उद्योग संघ, इट्टा उद्योग संघ तथा स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। कम्पनीका अनुसार निर्माण, भारी उपकरण तथा औद्योगिक क्षेत्रमा यी संस्थाहरूले खेलेको भूमिकाको कदरस्वरूप सम्मान गरिएको हो।

कार्यक्रमको अर्को आकर्षण नयाँ जेसीबी मेसिन खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण समारोह रहेको थियो। उक्त समारोहले जेसीबीका उपकरणप्रति ग्राहकहरूको बढ्दो विश्वास, बजार माग तथा कम्पनीको सेवा सञ्जालप्रतिको भरोसालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।

यसैक्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ गरेका थिए। कम्पनीका अनुसार यसले निर्माण तथा भारी उपकरण क्षेत्रमा जेसीबीको प्रविधि, कार्यक्षमता र विश्वसनीयताप्रति रहेको भरोसालाई थप पुष्टि गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुबेदीले ग्राहकहरू कम्पनीका लागि केवल उपकरण खरिदकर्ता नभई दीर्घकालीन साझेदार रहेको बताए। उनले विश्वस्तरीय उपकरण, प्रामाणिक आफ्टर सेल्स सेवा तथा विश्वासमा आधारित सम्बन्धमार्फत नेपालको पूर्वाधार विकासमा योगदान पुर्‍याउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले ग्राहक, साझेदार तथा सरोकारवालाहरूको निरन्तर विश्वास र सहयोगले नै कम्पनीलाई अगाडि बढ्न प्रेरणा दिएको बताउँदै भविष्यमा पनि गुणस्तरीय सेवा र समाधान प्रदान गर्न निरन्तर प्रयासरत रहने बताए।

अन्तरक्रिया, सम्मान समारोह तथा सामूहिक भोजनसहित सम्पन्न भएको उक्त कार्यक्रमले ग्राहक, संघ–संस्थाका प्रतिनिधि तथा जेसीबी नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ।

 एमएडब्ल्यू अर्थमुभर्स प्रालि नेपालमा जेसीबीका निर्माण तथा भारी उपकरणहरूको आधिकारिक वितरक हो। कम्पनीले देशभर फैलिएको सेवा सञ्जाल, प्रामाणिक पार्टपुर्जा तथा व्यावसायिक आफ्टर सेल्स सेवामार्फत नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.