काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्स प्रालिले भक्तपुरको सल्लाघारी मैदानमा बहुप्रतीक्षित हिरो एक्सपल्स २१० केन्द्रित विशेष अनुभवात्मक कार्यक्रम ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सफलतापूर्वक आयोजना गरेको छ।
शनिबार बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा एड्भेन्चर राइडिङका पारखी, मोटरसाइकल राइडर, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममार्फत सहभागीहरूले सल्लाघारीस्थित एक्सट्र्याक्समा विशेष रूपमा निर्माण गरिएको डर्ट ट्र्याकमा हिरो एक्सपल्स २१० को प्रत्यक्ष अनुभव लिने अवसर पाएका थिए। सहभागीहरूले चुनौतीपूर्ण अफ–रोड ट्र्याकमा मोटरसाइकलको कार्यक्षमता, सस्पेन्सन प्रणाली तथा एड्भेन्चर राइडिङ क्षमताको परीक्षण गरेका थिए।
सिजी मोटर्सका अनुसार एक्सपल्स २१० विशेषगरी अफ–रोड तथा साहसिक यात्रालाई लक्षित गरी विकास गरिएको मोटरसाइकल हो। यसमा समावेश आधुनिक प्रविधि, उत्कृष्ट ह्यान्डलिङ र बलियो संरचनाले विभिन्न भौगोलिक अवस्थाहरूमा सहज र सुरक्षित राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
कार्यक्रमका अवसरमा कम्पनीले नेपाली ग्राहकलाई विश्वस्तरीय राइडिङ अनुभव उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै एड्भेन्चर–केन्द्रित उत्पादनमार्फत राइडरहरूको बदलिँदो आवश्यकता सम्बोधन गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ।
सिजी मोटर्सका अनुसार ‘द फर्स्ट २१० एक्सपिरियन्स’ कार्यक्रमले हिरो एक्सपल्स २१० लाई नेपालमा एड्भेन्चर मोटरसाइकल सेग्मेन्टको प्रमुख विकल्पका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ। सिजी मोटर्सले हिरो ब्रान्डअन्तर्गत प्रविधिमैत्री र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत कम्पनीले ग्राहकलाई नवीन उत्पादनसँगै उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्दै आएको जनाएको छ।


