Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, ७
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ ।

महासंघका अनुसार चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६ सय ९० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स