• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन
  • ७ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा 

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
  • ९ घण्टा 

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • २२ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • २३ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • १ दिन 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • ६. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ७. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ९. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • १०. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

जानकारी केन्द्र २०८३, असार, १९

काठमाडौं । द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि ब्रिटिस काउन्सिलले नेपालसहित १७ देशमा नयाँ चरणको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

सांस्कृतिक संरक्षण कोष (कल्चरल प्रोटेक्सन फन्ड) ले नेपालमा १० वर्ष पूरा गरेको अवसरमा ब्रिटिस काउन्सिलले जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि नयाँ अनुदान आवेदन खुला गरेको हो । यस कोषले समुदायलाई सशक्त बनाउन तथा इतिहास, पहिचान र आपसी सम्बन्धसँग जोडिएका सम्पदाको संरक्षणमा सहयोग गर्दै आएको जनाएको छ ।

नेपालमा यस कोषमार्फत सञ्चालित प्रमुख परियोजनाहरू निम्नानुसार छन् :
१. जनकपुर महिला विकास केन्द्रलाई मैथिली महिलाले तयार पार्ने कलात्मक भित्ते चित्र र मूर्तिकलाको संरक्षण र पुनर्जीवनका लागि पाउन्ड स्टर्लिङ ५०,०००
२. शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज (डोल्पा) को उच्च हिमाली क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षणका लागि पाउन्ड स्टर्लिङ ३६,९०८
३. कुसुण्डा जातिको भावी पुस्ताका लागि भाषा र संस्कृतिको संरक्षणका लागि अर्काइभ नेपाललाई पाउन्ड स्टर्लिङ ४५,९६३
४. नेपालमा आदिवासी खाद्य सम्पदाको संरक्षणका लागि राष्ट्रिय आदिवासी महिला महासङ्घलाई पाउन्ड स्टर्लिङ ५०,०००

अनुदान घोषणाको अवसरमा ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भने – “सांस्कृतिक सम्पदाले समुदायका कथा, प्रचलित परम्परा र पहिचान बोकेकोले यिनको संरक्षण आगामी पुस्ताका लागि निकै महत्वपूर्ण छ । हामीले बढीमा पाउन्ड स्टर्लिङ ५००,००० सम्मका अनुदानमार्फत सांस्कृतिक सम्पदा संरक्षणमा काम गर्ने व्यक्ति र संस्थालाई सहयोग गर्न लक्ष्य राखेका छौ । यसका साथै उनीहरुको सीप विकास र अन्तर्राष्ट्रिय जगत्मा सम्बन्ध विस्तार तथा साँस्कृतिक संरक्षणको भविष्य निर्माणमा व्यक्ति र संस्थालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन चाहन्छौं ।”

आवेदनका लागि निर्धारित मिति
इच्छुक व्यक्ति वा संस्थाले २० जुलाई २०२६, सोमबार राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्नुअघि कल्चरल प्रोटेक्सन फन्डको वेबसाइटमा उपलब्ध आधिकारिक आवेदन निर्देशिका र बारम्बार सोधिने प्रश्न (एफएकी्यूज) राम्ररी अध्ययन गर्न आग्रह गरिएको छ ।

अनुदान र योग्यता
प्रस्तावित परियोजनाले दक्षिण एसिया (बङ्गलादेश, नेपाल, पाकिस्तान), मध्यपूर्व तथा उत्तरी अफ्रिका (इजिप्ट, इराक, जोर्डन, लेबनान, लिबिया, प्यालेस्टाइन, सिरिया, ट्युनिसिया वा यमन) र पूर्वी अफ्रिका (इथियोपिया, केन्या, सुडान, तान्जानिया वा युगान्डा) का जोखिममा रहेका सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सर्त राखिएको छ ।

इच्छुक संस्थाले पाउन्ड स्टर्लिङ ५००,००० सम्मको अनुदानका लागि आवेदन दिन सक्नेछन् । आवेदनसम्बन्धी पूर्ण जानकारी र आवेदन लिङ्क ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डको वेबसाइटमा उपलब्ध छ ।

कल्चरल प्रोटेक्सन फन्डबारे
सांस्कृतिक संरक्षण कोष (कल्चरल प्रोटेक्सन फन्ड) जोखिममा परेको सांस्कृतिक सम्पदाको संरक्षणका लागि संयुक्त अधिराज्य (यूके) ले अघि सारेको प्रमुख अन्तर्राष्ट्रिय पहल हो । संस्कृति, मिडिया र खेलकुद सम्बन्धी मन्त्रालय (डीसीएमएस) सँगको साझेदारीमा ब्रिटिस काउन्सिलको नेतृत्वमा सञ्चालित यस कोषले सन् २०१६ देखि २० देशमा १६० भन्दा बढी परियोजनालाई सहयोग उपलब्ध गराएको छ ।

ब्रिटिस काउन्सिलबारे
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (यूके) को सांस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था हो । यसले कला, संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत विश्वका २०० भन्दा बढी मुलुक र भूभागका नागरिकसँग काम गर्दै आएको छ । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुगेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.