• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ साउन २०८३, सोमबार
०४ साउन २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • ६ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • ८ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • ८ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • ९ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १० घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • १ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • १ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

२०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • २. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ३. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • ४. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ५. हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

  • ६. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ७. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ८. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ९. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • १०. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

जानकारी केन्द्र २०८३, श्रावण, ५

बेइजिङ । चीनका ५६ वर्षीय खाद्य सामग्री डेलिभरी गर्ने कामदार वाङ जिबिङले देशको सबैभन्दा प्रतिष्ठित साहित्यिक सम्मानमध्ये एक ‘लु शुन साहित्य पुरस्कार’ प्राप्त गरेका छन्।

उनलाई यो पुरस्कार उनको कविता संग्रह ‘लो फ्लाइट’का लागि प्रदान गरिएको हो। उनले यस संग्रहका धेरैजसो कविताहरू खाना डेलिभरी गर्ने क्रममा फुर्सदको समयमा कागजका साना टुक्राहरूमा लेखेका थिए।

वाङ सन् २०१९ को आसपासमा खाना डेलिभरी गर्ने राइडर बनेका थिए । सामाजिक सञ्जालमा उनका कविताहरूले निकै लोकप्रियता कमाए। उनको नयाँ पुस्तक ‘लो फ्लाइट’ डेलिभरी राइडरहरूको दैनिक कठिनाइ, सङ्घर्ष र जीवनमा आधारित छ। उनले सन् २०२४ मा यो पुस्तक प्रकाशित गरेका थिए । यसका लागि उनले करिब २०० जना डेलिभरी राइडरहरूसँग कुराकानी गरेर उनीहरूका अनुभवहरूलाई आफ्ना कवितामा समेटेका हुन् ।

उनको एउटा कविताको हरफ यस्तो छ, ‘कसले भन्यो र कि पखेटा फिँजाउनुको अर्थ केवल उच्च उचाइमा उड्नु मात्र हो, होचो गरी उड्नु पनि उडानकै एक रूप हो।’

वाङको जन्म चीनको जियाङ्सु प्रान्तमा भएको थियो। आर्थिक कठिनाइका कारण उनले १४ वर्षको उमेरमै विद्यालय छोड्नु परेको थियो। त्यसपछि उनले निर्माण मजदुर, कबाडी संकलक र सडक छेउमा सामान बेच्ने विक्रेताजस्ता विभिन्न सानातिना कामहरू गरे। पछि उनी खाना डेलिभरी गर्ने काममा लागे। यद्यपि, पढ्ने र सिक्ने प्रतिको उनको लगाव भने कहिल्यै कम भएन।

सन् २०२२ मा उनको ‘म्यान इन अ हरी’ शीर्षकको कविता सामाजिक सञ्जालमा भाइरल भयो। यो कविता सन् २०१९ को एउटा घटनाबाट प्रेरित थियो। त्यसबेला उनी जियाङ्सु प्रान्तको कुनशान सहरमा खाना डेलिभरी गर्ने काम गर्थे। एक ग्राहकले गलत ठेगाना टिपाएका थिए, सही घर पत्ता लगाउन वाङले तीनवटा आवासीय भवनहरूमा भौंतारिनुपर्यो र १८ तलासम्म भर्याङ चढ्नुपरयो । जब उनी अन्ततः खाना लिएर पुगे, ग्राहकले ढिलाइ भएको भन्दै उनलाई हप्काए। घर फर्किने क्रममा उनले आफ्नो निराशा र पीडालाई शब्दमा उतारे, जसबाट ‘म्यान इन अ हरी’ कविताको जन्म भयो। सामाजिक सञ्जालमा भाइरल भएको यस कविताले उनको साहित्यिक यात्राको सुरुवात गरायो। त्यस पछि त सन् २०२३ मा उनको पहिलो कविता सङ्ग्रह ‘म्यान इन अ हरी, पोयम्स अफ अ फुड डेलिभरी राइडर’ प्रकाशित भयो।

उनले हालसम्म ६,००० भन्दा बढी कविताहरू लेखिसकेका छन् र उनका धेरै रचनाहरू प्रतिष्ठित साहित्यिक पत्रिकाहरूमा प्रकाशित भएका छन्। वाङ भन्छन्, ‘मानिसहरूले मलाई सम्झना नगर्न सक्छन् तर तीव्र गतिमा हुइँकिँदै जाने खाना पुर्‍याउने राइडरलाई भने पक्कै सम्झन्छन्।’ यही सोचले उनलाई लाखौं डेलिभरी कामदारहरूको जीवनबारे एउटा पुस्तक लेख्न प्रेरित गर्‍यो अनि जन्मियो अर्को पुस्तक– ‘लो फ्लाइट’ ।

पुरस्कार जिते पछि वाङले सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई बताए अनुसार जितको खबर सार्वजनिक नभएसम्म उनी निकै चिन्तित थिए। उनले सञ्चारमाध्यमको बढ्दो चासोले आफूलाई मानसिक दबाब पनि दिएको उल्लेख गरे। तर, उनले अन्ततः चीनको सम्मानित सो पुरस्कार प्राप्त गरेरै छाडे ।

उनले पुरस्कार प्राप्त गरे पनि आफ्नो काम नछोड्ने स्पष्ट पारेका छन् र ६० वर्षको उमेरसम्म खाद्य सामग्री डेलिभरीको काम जारी राख्ने योजना रहेको योजनामा रहेको बताए। वाङले भने, ‘जीविकोपार्जनका लागि मलाई अब यो कामको आवश्यकता छैन् तर मलाई यो काम गर्न मन पर्छ। यसले मलाई सक्रिय र तन्दुरुस्त राख्छ। म धरातलसँग जोडिएको जीवन जिउन चाहन्छु र यो पुरस्कारले मलाई बदल्ने छैन।’

लु शुन साहित्य पुरस्कार चाइना राइटरर्स एसोसिएसन अर्थात चीन लेखक संघद्वारा प्रदान गरिन्छ। हरेक चार वर्षमा प्रदान गरिने यो पुरस्कार चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक सम्मानमध्ये एक मानिन्छ। समकालीन चिनियाँ साहित्यका उत्कृष्ट कृतिहरूलाई कदर गर्नका लागि यसको स्थापना गरिएको हो। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो पुरस्कार लामो समय देखि मूलधारको चिनियाँ साहित्यका लागि सर्वोत्कृष्ट मापदण्डका रूपमा लिइँदै आएको छ र साहित्यिक जगतमा यसको विशेष महत्त्व रहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

ताजा

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.