मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
काठमाडौं । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ। ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई मध्यनजर गर्दै, सिजीको प्रिमियम ब्रान्ड ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधिसहितको नयाँ ‘फ्रन्ट लोड वाशर ड्रायर’ नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ।
यस नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान बनेको बताइएको छ। १० केजी धुने (वाशर) र ७ केजी सुकाउने (ड्रायर) उच्च क्षमता रहेको यस मेसिनमा अत्याधुनिक ‘डाइरेक्ट ड्राइभ’ मोटर को प्रयोग गरिएको जनाइएको छ। बेल्ट र पुल्लीको प्रयोग नभएको यस डिडि मोटरले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको समेत अधिकतम बचत गर्दछ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ।
मनसुनका लागि विशेष र अत्याधुनिक सुविधाहरू :
– स्मार्ट ड्राइङ सिस्टम : बाहिर जस्तोसुकै झरी परे पनि यस प्रविधिले लुगालाई मेसिनभित्रै पूर्ण रूपमा सुकाएर सिधै लगाउन वा पट्याएर दराजमा राख्न मिल्ने बनाउँछ।
– उच्च कीटाणुनाशक प्रविधि : मनसुनको ओसिलो मौसममा लुगामा ब्याक्टेरिया र ढुसीको गन्ध आउने समस्यालाई पूर्ण रूपमा हटाउन यसमा एजीं स्टेरिलाइजेसन र युभी लाइट स्टेरिलाइजेसन जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्। साथै, एन्टी-ब्याक्टेरिया ग्यास्केट ले मेसिनको ढोकामा फंगस लाग्न दिँदैन।
– अटो डोज : मेसिनले लुगाको तौल र फोहोरको मात्रा आफैँ जाँचेर आवश्यक पर्ने डिटर्जेन्ट आफैँ लिन्छ, जसले गर्दा हरेक पटक साबुन हालिराख्ने झन्झट हुँदैन।
– सुपर स्पा र जेट स्प्रे : यसले लुगाको रेसा-रेसामा पुगेर जिद्दी दागहरू सजिलै हटाउँछ र लुगालाई नयाँ जस्तै चम्किलो राख्छ।
– इन्टेलिजेन्ट वासिङ सिस्टम : यस स्मार्ट प्रविधिले लुगाको प्रकारअनुसार पानी र समयको आफैँ व्यवस्थापन गर्छ। साथै, ‘फोम सेन्सिङ एन्ड रिमुभल’ ले आवश्यकताभन्दा बढी भएको फिँजलाई आफैँ सेन्स गरेर हटाउँछ।
सिजी ब्रान्डको मूल नारा ‘एक्सपेरियन्स लाइफ सीजि’ ले ग्राहकहरूको जीवनस्तर उकास्ने र दैनिक कार्यहरूलाई सहज बनाउने कुरामा जोड दिने बताइएको छ । सिजिका अनुसार, यसै नारालाई सार्थक बनाउँदै, आकर्षक ‘डार्क ग्रे’ कलर र ५२० एमएमको ठूलो ढोका (सुपर साइज डोर) सहितको यो वाशर ड्रायर बजारमा ल्याइएको हो। यसले ग्राहकहरूको समय र मेहनत दुवै बचत गरी मनसुनमा पनि स्मार्ट र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्नेछ।
सिजी मेरिडियाको यो नयाँ वाशर ड्रायर देशभर रहेका २१ वटा अत्याधुनिक ‘सिजी डिजिटल’ शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने जनाइएको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
