मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
काठमाडौं । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ। ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई मध्यनजर गर्दै, सिजीको प्रिमियम ब्रान्ड ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधिसहितको नयाँ ‘फ्रन्ट लोड वाशर ड्रायर’ नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ।
यस नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान बनेको बताइएको छ। १० केजी धुने (वाशर) र ७ केजी सुकाउने (ड्रायर) उच्च क्षमता रहेको यस मेसिनमा अत्याधुनिक ‘डाइरेक्ट ड्राइभ’ मोटर को प्रयोग गरिएको जनाइएको छ। बेल्ट र पुल्लीको प्रयोग नभएको यस डिडि मोटरले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको समेत अधिकतम बचत गर्दछ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ।
मनसुनका लागि विशेष र अत्याधुनिक सुविधाहरू :
– स्मार्ट ड्राइङ सिस्टम : बाहिर जस्तोसुकै झरी परे पनि यस प्रविधिले लुगालाई मेसिनभित्रै पूर्ण रूपमा सुकाएर सिधै लगाउन वा पट्याएर दराजमा राख्न मिल्ने बनाउँछ।
– उच्च कीटाणुनाशक प्रविधि : मनसुनको ओसिलो मौसममा लुगामा ब्याक्टेरिया र ढुसीको गन्ध आउने समस्यालाई पूर्ण रूपमा हटाउन यसमा एजीं स्टेरिलाइजेसन र युभी लाइट स्टेरिलाइजेसन जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्। साथै, एन्टी-ब्याक्टेरिया ग्यास्केट ले मेसिनको ढोकामा फंगस लाग्न दिँदैन।
– अटो डोज : मेसिनले लुगाको तौल र फोहोरको मात्रा आफैँ जाँचेर आवश्यक पर्ने डिटर्जेन्ट आफैँ लिन्छ, जसले गर्दा हरेक पटक साबुन हालिराख्ने झन्झट हुँदैन।
– सुपर स्पा र जेट स्प्रे : यसले लुगाको रेसा-रेसामा पुगेर जिद्दी दागहरू सजिलै हटाउँछ र लुगालाई नयाँ जस्तै चम्किलो राख्छ।
– इन्टेलिजेन्ट वासिङ सिस्टम : यस स्मार्ट प्रविधिले लुगाको प्रकारअनुसार पानी र समयको आफैँ व्यवस्थापन गर्छ। साथै, ‘फोम सेन्सिङ एन्ड रिमुभल’ ले आवश्यकताभन्दा बढी भएको फिँजलाई आफैँ सेन्स गरेर हटाउँछ।
सिजी ब्रान्डको मूल नारा ‘एक्सपेरियन्स लाइफ सीजि’ ले ग्राहकहरूको जीवनस्तर उकास्ने र दैनिक कार्यहरूलाई सहज बनाउने कुरामा जोड दिने बताइएको छ । सिजिका अनुसार, यसै नारालाई सार्थक बनाउँदै, आकर्षक ‘डार्क ग्रे’ कलर र ५२० एमएमको ठूलो ढोका (सुपर साइज डोर) सहितको यो वाशर ड्रायर बजारमा ल्याइएको हो। यसले ग्राहकहरूको समय र मेहनत दुवै बचत गरी मनसुनमा पनि स्मार्ट र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्नेछ।
सिजी मेरिडियाको यो नयाँ वाशर ड्रायर देशभर रहेका २१ वटा अत्याधुनिक ‘सिजी डिजिटल’ शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने जनाइएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


