नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही : २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ भन्दा बढी वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ। सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका बेटिङ प्लेटफर्ममाथि निरन्तर निगरानी र कारबाही अघि बढाएको हो।
प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप सुरु भएयता नयाँ–नयाँ नाममा सञ्चालनमा आएका २ लाख २३ हजार ५६८ वेबसाइट तथा एप ब्लक गरिएको छ। विश्वकपको समयमा अनलाइन बेटिङको जोखिम बढ्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो दिएपछि कारबाहीलाई तीव्र बनाइएको हो।
यसका लागि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरेको छ। टास्क फोर्समा रहेका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएदेखि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिलाई प्राधिकरणमै राखेर बेटिङ वेबसाइटका यूआरएल तत्काल ब्लक गर्ने व्यवस्था गरिएको थियो।
उनका अनुसार अवैधानिक वेबसाइटहरू एक–एक गरेर पहिचान गर्न कठिन हुने भएकाले सम्बन्धित निकायबाट प्राप्त विवरण र ‘थ्रेट इन्टेलिजेन्स टुल’ को प्रयोगमार्फत नयाँ वेबसाइटको खोजी (हन्टिङ) गरी आईएसपीसँगको सहकार्यमा निरन्तर बन्द गरिँदै आएको छ।
प्राधिकरणले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट खुल्ने चुनौती कायम रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको जनाएको छ। साथै, सर्वसाधारणलाई अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपबारे जानकारी भए प्राधिकरणको आधिकारिक GitHub पृष्ठमार्फत सूचना उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
