सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा फेरि उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु. १,४०० ले बढेर रु. २,८८,५०० पुगेको छ।
महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला रु. २,८७,१०० मा कारोबार भएको थियो। सोमबारको वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो। यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेको छ। अघिल्लो दिन रु. २,४६,१४० रहेको १० ग्राम सुनको मूल्य सोमबार बढेर रु. २,४७,३४० कायम भएको महासङ्घले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला रु. ३५ ले बढेर रु. ४,४४५ पुगेको छ। आइतबार चाँदी प्रतितोला रु. ४,४१० मा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा भइरहेको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ। त्यसैले आगामी दिनमा पनि सुन र चाँदीको मूल्यमा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
