त्रिविको कडा परीक्षा आचारसंहिता लागु, नियम उल्लंघन गरे परीक्षा रद्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका सत्रान्त परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कडा परीक्षा आचारसंहिता लागू गरेको छ।
महाशाखाले जारी गरेको सूचनाअनुसार परीक्षार्थीले प्रत्येक दिन आधिकारिक प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ र तोकिएको सिटमा बसेर मात्र परीक्षा दिन पाउनेछन्। परीक्षा सुरु भएको पहिलो एक घण्टासम्म परीक्षा भवन छाड्न नपाइने व्यवस्था पनि गरिएको छ।
मोबाइल फोन, स्मार्टवाचलगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक तथा अन्य निषेधित सामग्री परीक्षा केन्द्रमा लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै नक्कल गर्ने, अरूलाई नक्कल गर्न सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षा सञ्चालनमा अवरोध पुर्याउने गतिविधिमा संलग्न भए कडा कारबाही गरिने त्रिविले जनाएको छ।
आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीमाथि परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानुनी कारबाहीसमेत गरिने चेतावनी दिइएको छ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

