आज गुरु पूर्णिमा, गुरु तथा वेदव्यासप्रति श्रद्धा अर्पण गर्दै देशभर मनाइँदै
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा देशभर गुरु तथा शिक्षाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाइँदै छ। यसै दिन धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका रूपमा व्यास जयन्ती पनि मनाउने परम्परा रहेको छ।
वैदिक परम्पराअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भएकाले अज्ञानको अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरसरह सम्मान दिइएको छ भने ‘आचार्यदेवो भव’ भन्ने मान्यता स्थापित छ।
गुरु पूर्णिमाका अवसरमा देशभरका विद्यालय, शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थाले कार्यक्रम आयोजना गरी आफ्ना गुरु तथा शिक्षाप्रति सम्मान र कृतज्ञता व्यक्त गरिरहेका छन्।
यही दिन वेदलाई चार भागमा विभाजन गरी १८ पुराण र १८ उपपुराणको रचना गरेका महर्षि वेदव्यासको स्मरणमा व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गर्नु पुण्य र अरूलाई दुःख दिनु पाप हो भन्ने मानवतावादी सन्देश दिएका छन्।
सम्बन्धित समाचार
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं २१ गते आइतबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर

