Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, १३
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान

काठमाडौं । यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन्। यस कार्यक्रमले देशभर रहेका यामाहा साझेदारहरूलाई एकै स्थानमा भेला गराएर उत्सव, सिकाइ तथा साझा भविष्यको दृष्टिकोणलाई अघि बढाउने अपेक्षा गरिएको बताइएको छ। यसलाई यामाहा नेपालको नेटवर्कले योजना गरेको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण कार्यक्रमहरूमध्ये एकको रूपमा हेरिएको जनाइएको छ।

एमएडब्लु राइड्स प्रा.लि. का अध्यक्ष विष्णु कुमार अग्रवाल यामाहा नेपाल टिम र डिलरहरूसँगै यस कार्यक्रममा सहभागी हुन थाइल्यान्ड प्रस्थान गरेका छन्। यामाहा नेपालसँगको साझा यात्रालाई उत्सवका रूपमा मनाउन आयोजित यस कार्यक्रममा उनीहरूको सहभागिताले देशभरका डिलरहरूसँग यामाहा नेपालको सुदृढ र निरन्तर विस्तार हुँदै गएको साझेदारीको सम्बन्धलाई झनै बलियो बनाएको बताइएको छ।

यस कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष उपस्थिति रहेको छ। उनको सहभागिताले यामाहाले नेपालसँगको साझेदारीलाई दिएको महत्वलाई स्पष्ट पार्छ। साथै, यस कार्यक्रमले नेपालका साझेदारहरूलाई यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तथा भविष्यमा ब्रान्डले लिने रणनीतिक दिशाबारे जानकारी हासिल गर्ने अवसर पनि प्रदान गर्नेछ।

कार्यक्रमको मूल नाराअनुसार ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ यामाहा नेपाल र यसका साझेदारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ लक्ष्य र अवसरतर्फ साझा रूपमा अघि बढ्ने उद्देश्यमा केन्द्रित रहनुका साथै कार्यक्रमअन्तर्गत सञ्चालन हुने विभिन्न सत्र तथा विशेष समारोहमार्फत नेपाली साझेदारहरूको योगदानको सम्मान गरिनुका साथै आगामी वर्षको साझा विकास यात्राका लागि स्पष्ट दिशासमेत तय गरिनेछ।

यस कार्यक्रमले यामाहा नेपाल र यसका साझेदारबीचको सुदृढ र निरन्तर मजबुत बन्दै गएको सम्बन्धलाई प्रतिबिम्बित गर्नुका साथै देशका विभिन्न स्थानबाट साझेदारहरूलाई विदेशमा एउटै साझा मञ्चमा एकत्रित गर्नुले एकता र दीर्घकालीन साझेदारीप्रति यामाहा नेपालले दिएको महत्वलाई झन् स्पष्ट बनाएको जनाइएको छ। देशभर आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै गएको यामाहा नेपालका लागि ‘ब्लु सर्ज’ जस्ता कार्यक्रमहरू प्रत्येक सफलतापछाडि रहेको सामूहिक प्रयासको महत्वपूर्ण प्रतीक बनेका छन्।

पार्टनर्स मिट २०२६ औपचारिक रूपमा सुरु भएसँगै यामाहा नेपाल र यसका साझेदारहरू नयाँ ऊर्जा, थप स्पष्ट साझा लक्ष्य र आगामी यात्राप्रतिको दृढ प्रतिबद्धतासहित स्वदेश फर्किने तथा आउँदा वर्षहरूमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स