आज सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य भने सामान्य गिरावट
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १० रुपैयाँले कम हो। बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

