आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
काठमाडौं । राहदानी लिन सेवाग्राहीले लामो समयदेखि भोग्दै आएको भीड, लामो लाइन र ढिलाइको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले राहदानी विभागले विद्युतीय राहदानी (E-Passport) सेवा आजदेखि दुई सिफ्टमा सञ्चालनमा ल्याएको छ।
विभागका अनुसार नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित आगामी साउन २२ गतेसम्म विशेष व्यवस्था लागू गरिएको हो।
विभागले जारी गरेको सूचनाअनुसार सेवा दुई चरणमा सञ्चालन हुनेछ।
– पहिलो सिफ्ट : बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म
– दोस्रो सिफ्ट : दिउँसो २:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म
नयाँ व्यवस्थासँगै सेवाग्राहीले आफ्नो अनुकूल समय छनोट गरी बिहानदेखि बेलुकासम्म राहदानीसम्बन्धी सेवा लिन सक्नेछन्।
त्यसैगरी, नियमित कार्यालय समयमा उपस्थित हुन कठिनाइ हुने कर्मचारी, विद्यार्थी तथा दूरदराजबाट आउने सेवाग्राहीलाई लक्षित गर्दै विभागले शनिबार तथा अन्य सार्वजनिक बिदाका दिनमा पनि सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। बिदाका दिन कार्यालय बिहान १०:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म खुला रहने विभागले जनाएको छ।
राहदानी विभागले यो व्यवस्थाले पछिल्लो समय बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहयोग पुग्ने, प्रतीक्षा समय घट्ने तथा नागरिकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
