आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
काठमाडौं । राहदानी लिन सेवाग्राहीले लामो समयदेखि भोग्दै आएको भीड, लामो लाइन र ढिलाइको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले राहदानी विभागले विद्युतीय राहदानी (E-Passport) सेवा आजदेखि दुई सिफ्टमा सञ्चालनमा ल्याएको छ।
विभागका अनुसार नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित आगामी साउन २२ गतेसम्म विशेष व्यवस्था लागू गरिएको हो।
विभागले जारी गरेको सूचनाअनुसार सेवा दुई चरणमा सञ्चालन हुनेछ।
– पहिलो सिफ्ट : बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म
– दोस्रो सिफ्ट : दिउँसो २:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म
नयाँ व्यवस्थासँगै सेवाग्राहीले आफ्नो अनुकूल समय छनोट गरी बिहानदेखि बेलुकासम्म राहदानीसम्बन्धी सेवा लिन सक्नेछन्।
त्यसैगरी, नियमित कार्यालय समयमा उपस्थित हुन कठिनाइ हुने कर्मचारी, विद्यार्थी तथा दूरदराजबाट आउने सेवाग्राहीलाई लक्षित गर्दै विभागले शनिबार तथा अन्य सार्वजनिक बिदाका दिनमा पनि सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। बिदाका दिन कार्यालय बिहान १०:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म खुला रहने विभागले जनाएको छ।
राहदानी विभागले यो व्यवस्थाले पछिल्लो समय बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहयोग पुग्ने, प्रतीक्षा समय घट्ने तथा नागरिकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

