Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, १४
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन बुझाउनुपर्नेछ। सेयरको बिक्री मूल्य भने सम्बन्धित विक्रेताले निर्धारण गरेबमोजिम हुनेछ।

बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा प्रचलित व्यवस्थाअनुसार उक्त सेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

Top Changing Nepal

युट्युब सट्स