ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड
काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीका अनुसार, यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) लाई मान्यता दिएको बताइएको छ।
यस प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना तथा ज्याकुजी सुविधा, जिम, स्विमिङ पूल र टेनिस सुविधाहरू पर्दछन् जसले ट्रन्क्यूलिटी स्पाको सञ्चालन, सरसफाइ मापदण्ड र ग्राहक सेवा प्रणालीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पूरा गरेको पुष्टि गर्दछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले भने, “यो आईएसओ ९००१ः२०१५ प्रमाणीकरण ट्रन्क्यूलिटी स्पाका लागि एउटा महत्वपूर्ण उपलब्धि हो, तर यसभन्दा बढी यो हाम्रो हरेक ग्राहकप्रतिको एउटा प्रतिबद्धता हो, कि उनीहरूले हाम्रो हरेक शाखामा उस्तै स्तरको हेरचाह, सरसफाइ र सेवा पाउनेछन्।”
त्यसैगरी, कम्पनीका प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले थपे, “आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु भनेको वर्षौंदेखि ट्रन्क्यूलिटी स्पाले निर्माण गरेको प्रणाली र मापदण्डको प्रमाणीकरण हो। यसले हामीले प्रदान गर्ने प्रत्येक सेवामा निरन्तरता, सरसफाइ र गुणस्तरप्रतिको हाम्रो प्रतिबद्धतालाई झल्काउँछ, र यो हामीले निरन्तर उकास्दै लैजाने एउटा मापदण्ड हो।”
यो मान्यताले ट्रन्क्यूलिटी स्पालाई नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणित वेलनेस ब्रान्डको रूपमा स्थापित गरेको छ, जसले आफ्ना ग्राहकहरूलाई सुरक्षित र उच्च गुणस्तरको वेलनेस अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई झल्काउने जनाइएको छ।
ट्रन्क्यूलिटी स्पाले १८ वर्षदेखि देश तथा विदेशमा उच्चस्तरीय वेलनेश सेवा प्रदान गर्दै आएको छ, काठमाडौको लाजिम्पाटबाट शुरु भएको यो स्पा अहिले काठमाडौँ, चितवन, पोखरा, भैरहवा र मलेसियाका प्रख्यात होटलहरुसँगको साइझादारीमा सञ्चालित रहेको बताइएको छ। कम्पनीमा हाल ३ सय भन्दा बढीले रोजगारी पाएका छन् र कम्पनीको प्रशिक्षण विभाग ‘ट्रन्क्यूलिटी ईन्टरनेश्नल ब्यूटी एण्ड स्पा एकेडेमी’बाट ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेश सीप प्रदान गरिसकिएको जनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

