मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
मोरङ । कानेपोखरी-रङ्गेली सडक खण्ड अन्तर्गत कानेपोखरी ७ वरगाछीमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका ७५ वर्षीय हर्कबहादुर गजमेरको उपचारका क्रममा मृत्यु भएको छ ।
कानेपोखरी अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण थापाका अनुसार कानेपोखरीबाट रङ्गेली तर्फ जाँदै गरेको प्रदेश १-०२-०६०प ९८६७ नम्बरको मोटरसाइकलले मङ्गलबार बिहान कानेपोखरी ५ घलेटोलका गजमेरलाई ठक्कर दिएको थियो ।
गजमेरलाई तत्काल उद्दार गरी उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल पठाइएको थियो । गजमेरको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिनुभयो । मोटरसाइकल चालक कानेपोखरी ५ छकमकटोलका २४ वर्षीय सुमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकल चालक चौधरी र पछाडि सवार २१ वर्षीय भगत थारु सकुसल रहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

