करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । सरकारले घोषणा गरेको ‘बिलमा आधारित करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३’ आगामी साउन २१ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। कार्यक्रम सञ्चालनका लागि आन्तरिक राजस्व विभागले आवश्यक कार्यविधि तयार गरिसकेको छ।
कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीहरूलाई आवश्यक प्राविधिक तयारी पूरा गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमार्फत अनुमतिपत्रप्राप्त सबै पीएसपी संस्थालाई विद्युतीय प्रणालीबीच आवश्यक अन्तरआबद्धता (इन्टरअपरेबिलिटी) सुनिश्चित गर्न भनेको हो।
परिपत्रअनुसार सबै पीएसपी कम्पनीहरूले आफ्नो मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (एफएक्यू) समेटिएको छुट्टै खण्ड राख्नुपर्नेछ।
यस्तै, साउन २१ गतेदेखि सेवाग्राहीले मोबाइल एपमार्फत नै कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था अनिवार्य रूपमा मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
यदि कार्यक्रम सञ्चालनका लागि मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने अवस्था आएमा त्यससम्बन्धी सूचना समयमै ग्राहकलाई पठाउन तथा आवश्यक जानकारी उपलब्ध गराउन पनि राष्ट्र बैंकले पीएसपी कम्पनीहरूलाई निर्देशन दिएको छ।
सरकारले विद्युतीय भुक्तानीको प्रयोग बढाउने, बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्ने तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
