आज साउने सोमबार, व्रत बस्दा यी विषयमा दिनुस् विशेष ध्यान
काठमाडौं । साउनमा धेरैजसो महिला व्रत राख्ने गर्छन् र भगवान शिवको पूजाआजा गर्छन् । आउनुहोस् जानौं साउनमा व्रत बस्दा कस्ता कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ –
– साउनको सोमबार व्रतमा मैदा वा पिठोले बनेको कुनै पनि चीज नखानुहोस् । यो अनाज मानिन्छ, जो व्रतमा खानु हुँदैन ।
– यस व्रतका क्रममा बेसन वा सातु खानबाट पनि बच्नुपर्छ । चना तथा चनाबाट बनेको चीजहरु पनि अनाजको श्रेणीमा आउने गर्छ ।
– व्रतका क्रममा फलफूलको सेवन अति उत्तम मानिन्छ । फलफूलमा तपाईं केरा, स्याउ, अनार, नासपती, अंगूर, सुन्तला आदि खान सक्नुहुन्छ ।
– साउनको सोमवारे व्रतमा फलफूलबाहेक साबुदानाको खीर, दुध, सादा मही, दही, पनीर आदि पनि खान सकिन्छ । ध्यान दिनुहोला, चामलको खीर वा सेवईंको खीर खानु हुँदैन ।
– कैयौं व्यक्ति व्रतमा कालो नुन वा ढिका नुनको सेवन गर्छन् । यदी तपाईंले यस्तो नुनबाट बनेको भोजन गर्न चाहनुहुन्छ भने साबुदानाको खिचडी बनाएर खान सक्नुहुन्छ ।
– सोमबारको व्रतमा तपाई आलूबाट बनेका जेरी, लौकाको हलुवा आदि पनि बनाएर खान सक्नुहुन्छ ।
– कुनै पनि व्रत होस् आफूलाई हाइड्रेड रहन एकदमै जरुरी हुन्छ । त्यसका लागि पानी, फलफूलको जुस आदिको सेवन गर्न सकिन्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
आज हरितालिका तीज पर्व मनाइदै
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर

