शाओमीले सार्वजनिक गर्यो नयाँ शाओमी वाच एस फाइभ ४६ एमएम स्मार्टवाच, कतिपर्छ मूल्य ?
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट फिटनेस सुविधासहितको नयाँ शाओमी वाच एस५४६ एमएम नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार, नयाँ स्मार्टवाचमा १.४८ इन्चको एमलोड डिस्प्ले, ४८०×४८० पिक्सेल रिजोलुसन, ३२३ पिपिआई र अधिकतम २,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ। यसले प्रत्यक्ष घाममा पनि स्पष्ट दृश्य प्रदान गर्ने कम्पनीको दाबी रहेको छ।
स्टेनलेस स्टिल फ्रेम, विभिन्न बेजेल र स्ट्र्याप विकल्प तथा करिब ४६ ग्राम तौलका कारण यो स्मार्टवाच आकर्षक, हलुका र दैनिक प्रयोगका लागि सहज रहेको कम्पनीले जनाएको छ।
शाओमी वाच एस५४६ एमएम मा ८१५ मेगाहर्ज क्षमताको ब्याट्री जडान गरिएको छ, जसले सामान्य प्रयोगमा एकपटकको चार्जमै अधिकतम २१ दिनसम्म ब्याकअप दिने कम्पनीको दाबी छ।

स्वास्थ्य निगरानीका लागि यसमा मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा तथा अन्य शारीरिक सूचकहरूको निगरानी गर्ने सुधारिएका सेन्सर र एल्गोरिदम समावेश गरिएको बताइएको छ। त्यस्तै, साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र सिलिप एचआरभि जस्ता सुविधाले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी उपलब्ध गराउने कम्पनीले जनाएको छ।
फिटनेस तथा खेलकुद गतिविधिलाई लक्षित गर्दै यसमा १५० भन्दा बढी खेल तथा व्यायाम मोड, डुअल–ब्यान्ड पाँच–प्रणालीयुक्त जीएनएसएस तथा साइकल यात्राका लागि स्मार्टफोनसँग जोडिने रियल–टाइम ड्यासबोर्ड सुविधा समावेश गरिएको बताइएको छ।
यसका साथै नयाँ प्यासिन मोडले ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता गतिविधि पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी तथा प्रयोगकर्ताको उत्साहसँग सम्बन्धित विवरण अभिलेख राख्न सक्ने कम्पनीको विश्वास रहेको छ।
कम्पनीका अनुसार, स्मार्टवाचमा ब्लुटुथ ५.४, एनएफसी, ५एटिएम वाटर रेसिस्टेन्स तथा प्रिमियम डिजाइनको संयोजन रहनुकाख साथै आधुनिक जीवनशैली, स्वास्थ्य निगरानी र सक्रिय खेलकुद गतिविधिलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि शाओमी वाच एस५४६ एमएम उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ।
शाओमी वाच एस५४६ एमएमको नेपाली बजार मूल्य रु. ३९ हजार ९ सय ९९ निर्धारण गरेको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


