फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
काठमाडौं। म्यानचेस्टर सिटीले बार्सिलोनासँग सरुवा सम्झौता गरे पछि स्पेनका विश्वकप विजेता कप्तान रोड्री आफ्नो देश फर्कँदै छन्
बेलायती सञ्चारमाध्यमका अनुसार म्यानचेस्टर सिटीले विश्वकप विजेता स्पेनिस मिडफिल्डर रोड्रीका लागि बार्सिलोनाको ६ करोड ५४ लाख पाउन्ड अर्थात ८ करोड ८४ लाख ७० हजार अमेरिकी डलरको प्रस्ताव स्वीकार गरेको छ।
स्काई स्पोर्ट्सले जनाएअनुसार सन् २०२४ को ‘बालोन डी ओर’ विजेताले स्पेनिस च्याम्पियन क्लबसँग चार वर्षको सम्झौतामा सहमति जनाएका छन् र उनी सरुवा प्रक्रिया पूरा गर्न अर्को साता ‘क्याम्प नोउ’ अर्थात बार्सिलोनाको घरेलु मैदान जानेछन्।
इतिहाद स्टेडियममा सात सिजनमा २९८ खेल खेल्दै रोड्रीले म्यानचेस्टर सिटीका लागि चार प्रिमियर लिग उपाधि, दुई एफए कप, तीन लिग कप र च्याम्पियन्स लिगसहित १२ वटा प्रमुख उपाधि जितेका छन्।
सन् २०१९ मा एट्लेटिको मड्रिडबाट तत्कालीन क्लब कीर्तिमान मूल्य ६ करोड २८ लाख पाउन्ड अर्थात करिब ८ करोड डलरमा सिटीमा आबद्ध भएका रोड्रीको सम्झौतामा एक वर्ष बाँकी थियो र क्लबले उनले सम्झौता नवीकरण गरुन् भन्ने चाहेको थियो।
ढाडको सामान्य शल्यक्रिया पछि शुक्रबार मात्र क्लबको प्रशिक्षण मैदानमा फर्किएका ३० वर्षीय खेलाडीले आइतबार कम्युनिटी शिल्डमा आर्सनलसँग सिटी ३–० ले पराजित भएको खेल गुमाएका थिए।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

