Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २७
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)

काठमाडौँ । पूर्ण रूपमा नयाँ लिपमोटर बी ०३ एक्स (चिनियाँ बजारमा ए १० का रूपमा परिचित) चीनमै दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बन्न सफल भएको छ । यस मोडलले अगस्ट महिनामा मात्रै ३०,६५२ युनिट बिक्री गरेको छ भने यो सँगै बी ०३ एक्सले लिपमोटरको इतिहासमै सबैभन्दा छिटो १ लाख युनिट बिक्री हुने गाडी बनेर अटोमोबाइल उद्योगमै नयाँ कीर्तिमान कायम गरेको जनाइएको छ ।

कम्पनीका अनुसार,गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको मात्र १३५ दिनपछि, अर्थात् अगस्ट ७, २०२६ मा यो कोशेढुङ्गा पार गर्दै यस मोडलले बजारमा अभूतपूर्व माग हासिल गरेको छ । यसको बढ्दो लोकप्रियताकै बलमा लिपमोटर लगातार दुई महिनासम्म एकै महिनामा १ लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बन्न सफल भएको बताइएको छ ।

बी ०३ एक्स को यो तीव्र सफलताको प्रमुख कारण यसको पहुँचयोग्य ईभी सेग्मेन्टमा लक्जरीस्तरको प्रविधि र प्रिमियम सुविधाहरूको संयोजन रहेको जनाइएको छ । उत्कृष्ट प्रदर्शन र व्यावहारिकतालाई ध्यानमा राखेर निर्माण गरिएको बी ०३ एक्स मा सेग्मेन्टकै अग्रणी १४५ किलोवाट मोटर, ५५ किलोवाट ब्याट्री र ५०५ किलोमिटर (सिएटिएल) सम्मको ड्राइभिङ रेन्ज रहेको छ । साथै, यसमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न मात्र १६ मिनेट लाग्ने फास्ट चार्जिङ क्षमता रहेको कम्पनीको दाबी छ ।

बी ०३ एक्स को इन्टेरियरमा डुअल हाई–परफर्मेन्स चिपसहितको फ्ल्यागसिप प्रोसेसिङ पावर रहेको छ, जसमा ‘क्वालकम स्न्यापड्रैगन ८२९५पी ककपिट चिप समेत समावेश हुनुका साथै यसमा ५१० लिटरको फराकिलो बूट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १६०५ लिटरसम्म बढाउन सकिने बताइएको छ ।

मासेराती, अल्फा रोमियो र प्युजो जस्ता १४ अग्रणी ब्रान्डहरूको मूल अटोमोबाइल समूह ‘स्टेलान्टिस’को विश्वव्यापी साथ रहेको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल (एनईभी) ब्रान्ड हो । कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको जनाएको छ, जसअन्तर्गत जुलाई र अगस्ट गरी लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी युनिट बिक्री भएको थियो । त्यस्तैगरी, विश्वका ४५ भन्दा बढी देशहरूमा फैलिएका २,००० भन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरूको बृहत् सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई भरपर्दो सेवा र पूर्ण निश्चिन्तता प्रदान गर्दै आएको कम्पनीको दाबी छ ।

Top Changing Nepal

युट्युब सट्स