सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय कार्यालयमा बैठक सुरु भएको हो । सर्वदलीय बैठकमा लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा भुसाल, नेकपा सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही, जसपा नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी छन् ।
आजको बैठकले रसुवा बाढी अध्ययन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नेछ । अघिल्लो सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेले संयन्त्र गठनको प्रस्ताव गरेका थिए । तर अहिलेसम्म गठन हुन सकेको छैन । विपदपछिको अवस्थामा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्ने भए पनि रास्वपा सभापति लामिछानेले बैठक बोलाइरहेका छन् ।
तर सर्वदलीय बैठकले गरेका निर्णय प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वामित्व लिन्छन् लिँदैनन् भन्ने हेर्न बाँकी छ । बालेन सर्वदलीय बैठक बोलाउन र दलका नेताहरूसँग संवाद गर्न अनिच्छुक देखिएका छन् ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
