नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
काठमाडौँ । टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु मिति २०८३ अशोज ३ गते, नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा हस्तान्तर गरेको जनाइएको छ ।

यसै सन्दर्भमा मिति २०८३ भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री स्वर्णिम वाग्लेसंग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु. १० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराई सकेकोे नाडाले बताएको छ । नाडाले विगतका समय देखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरुमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाइएको छ।




सम्बन्धित समाचार
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

