भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
पोखरा। हिमाली भेगमा भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले असोज ९ देखि ११ गतेसम्म जोखिमपूर्ण क्षेत्रमा पदयात्रा नगर्न र नयाँ टोली नपठाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भीषण वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वाभ्यास छ।
अविरल वर्षा र हिमपातका कारण पहिरो, भू-क्षय तथा गेग्रान बहावको खतरा बढेको छ। यसले पदमार्गका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार पूर्व-निर्धारित यात्रा तालिका पुनर्विचार गर्न र हाल कार्यक्षेत्रमै रहेका गाइड तथा पोर्टर ९पदयात्रा सहयोगी० हरूलाई तत्काल सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
