भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
पोखरा। हिमाली भेगमा भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले असोज ९ देखि ११ गतेसम्म जोखिमपूर्ण क्षेत्रमा पदयात्रा नगर्न र नयाँ टोली नपठाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भीषण वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वाभ्यास छ।
अविरल वर्षा र हिमपातका कारण पहिरो, भू-क्षय तथा गेग्रान बहावको खतरा बढेको छ। यसले पदमार्गका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार पूर्व-निर्धारित यात्रा तालिका पुनर्विचार गर्न र हाल कार्यक्षेत्रमै रहेका गाइड तथा पोर्टर ९पदयात्रा सहयोगी० हरूलाई तत्काल सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


