“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
काठमाडौं । यस वर्षको महान् पर्व दशैं तथा तिहारलाई अझ विशेष र उत्साहपूर्ण बनाउन एलजीले विशेष पर्व लक्षित उपहार योजना “एलजी को उपहार, मनाऔँ दशैं र तिहार” सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने जनाइएको छ।
कम्पनीले आफ्ना विभिन्न उत्पादनहरूमा आकर्षक नगद छुटको व्यवस्था गरेको बताएको छ भने जस अनुसार टिभी (३२ इन्च बाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर, र ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्राहकहरूले नगद छुट प्राप्त गर्न सक्ने छन्।
नगद छुटका साथै, कम्पनीले निश्चित उत्पादनहरूको खरिदमा आकर्षक उपहारहरू पनि उपलब्ध गराएको छः
1.वासिङ मेसिनस् फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टप लोडमा ४ केजी सर्फ एक्सेल, र ट्विन टबमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइने जनाइएको छ।
2. कम्पनीका अनुसार,साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन र ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार पाइनेछ।
3. ड्डिशवासरको खरिदमा २ प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट, र एयर कन्डिसनर को खरिदमा निस्शुल्क जडान सेवा उपलब्ध हुने बताइएको छ।
त्यसैगरी, चयनित उत्पादनहरूमा नो-कस्ट ईएमआई सुविधा पनि उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो रोजाइका एलजी उत्पादनहरू सहज किस्ताबन्दीमा खरिद गर्न थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।
एलजीका उत्पादनहरूमा प्रविधि, डिजाइन, ऊर्जा दक्षता र टिकाउपनलाई विशेष प्राथमिकता दिइँदै आएको जनाइएको छ । यस पर्व योजनामार्फत ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त उत्पादनसँगै आकर्षक मूल्य तथा उपहारको संयोजन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले बताएको छ।
सीजी इलेक्टोनिक्स,नेपालमा एलजीको आधिकारिक वितरकका रूपमा, देशभर रहेका अधिकृत एलजी ब्रान्डसप तथा बिक्री केन्द्रमार्फत यो पर्व योजना सञ्चालन गर्ने जनाइएको छ। ग्राहकहरूले आफ्ना आवश्यकता र बजेटअनुसार एलजीका विभिन्न उत्पादन छनोट गरी यस पर्वलाई थप विशेष बनाउन सक्ने बताइएको छ।
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजनाले यस वर्षको दशैं तथा तिहारलाई खुशी, सुविधा र आधुनिक प्रविधिसँग जोड्दै घरघरमा उत्सवको माहोल थप्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


