इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन् । गत भाद्र ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । शर्माले आगामी चार वर्षको सेवाकाल आजको मितिबाट सम्हालेका छन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी रहेका बताइएको छ । इसेवाका अनुसार,डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्नुकासाथै, टोलीको नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउन उनीसँग उल्लेखनीय अनुभव रहेको छ।
बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको जनाइएको छ । इसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञता कम्पनीको आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
इसेवाले विगतदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्वपूर्ण हुने विश्वास इसेवा सञ्चालक समितिले लिएको छ ।
सम्बन्धित समाचार
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

