बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
बुटवल । युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ । काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम अब बुटवलमा आयोजना हुन लागेको बताइएको छ ।
पल्सर आरपीएम बुटवल असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना हुने जनाइएको छ । कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ भने कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्याप, डिजे प्रस्तुति, ग्राफिटी लगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहने बताइएको छ । यसले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने तथा विभिन्न विधाका कलाकार र प्रतिभासँग जोडिने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।
काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने क्रममा रहेको जनाइएको छ । आयोजकका अनुसार,बुटवलमा आयोजना हुने कार्यक्रमले बुटवलको आफ्नै ऊर्जा, स्थानीय युवा समुदाय र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय परिवेशसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्नेछ ।
मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ भने यसले पल्सरलाई युवाको रुचि, जीवनशैली र संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

