बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
बुटवल । युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ । काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम अब बुटवलमा आयोजना हुन लागेको बताइएको छ ।
पल्सर आरपीएम बुटवल असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना हुने जनाइएको छ । कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ भने कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्याप, डिजे प्रस्तुति, ग्राफिटी लगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहने बताइएको छ । यसले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने तथा विभिन्न विधाका कलाकार र प्रतिभासँग जोडिने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।
काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने क्रममा रहेको जनाइएको छ । आयोजकका अनुसार,बुटवलमा आयोजना हुने कार्यक्रमले बुटवलको आफ्नै ऊर्जा, स्थानीय युवा समुदाय र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय परिवेशसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्नेछ ।
मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ भने यसले पल्सरलाई युवाको रुचि, जीवनशैली र संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
