बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्थाका रूपमा सेप्टेम्बर २३ देखि २६ सम्म चार दिनसम्म चलेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर) सफलतापूर्वक आयोजना गरेको छ। काठमाडौंको बुढानिलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न प्रतियोगिता एसीसीए टाइटल स्पोन्सर रहेको ”एसीसीए प्रेजेन्ट्सः बीपीसी क्रिकेट लिग २०२६” का रूपमा सञ्चालन भएको बताइएको छ ।
प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत लर्निङ पार्टनर, स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्य समूहसहित १६ टोलीले सहभागिता जनाएका थिए भने कक्षाकोठा र कार्यस्थलबाहिर एसीसीएका विद्यार्थी, व्यवसायी तथा सदस्यलाई जोड्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले प्रतिस्पर्धासँगै सहकार्य, नेतृत्व, सञ्चार, नेटवर्किङ र खेलभावनालाई प्रवर्द्धन गरेकोे जनाइएको छ।
कलेजका अनुसार,प्रतियोगितामा सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए), ब्रिटिश प्रोफेसनल कलेज, सिड एकेडेमी, लर्निङ पार्क, ब्राइट एकेडेमी, फिनटी लर्निङ हब, शिक्षा एकेडेमी, जीएनएस अस्त्रा, स्लुगर्स र एजीके पार्टनर्सलगायत विभिन्न संस्थाका टोलीले सहभागिता जनाएका थिए। जसमध्ये केही संस्थाले एकभन्दा बढी टोलीबाट प्रतिस्पर्धा गरेका थिए।
रोमाञ्चक प्रतिस्पर्धापछि सिड च्यालेन्जर्स प्रतियोगिताको विजेता बनेको छ । विजेता टोलीले रु. ८०,००० नगद पुरस्कार प्राप्त गरेको छ भने सीसीए आरसीबी प्रथम उपविजेता बनी रु. ५३,३३३ हात पार्नुका साथै सीसीए गोर्खाज द्वितीय उपविजेता बनेको छ र रु. २६,६६६ पुरस्कार पाएको बीपीसीले जनाएको छ। तृतीय उपविजेता बीपीसी नाइट्सलाई गिफ्ट ह्याम्पर तथा लन्चरडिनर कुपन प्रदान गरिएको बताइएको छ।
कलेजका अनुसार,व्यक्तिगत पुरस्कारतर्फ सीसीए च्यालेन्जर्सका दिवास सिलवाल प्लेयर अफ द टुर्नामेन्ट घोषित भई रु.२०,००० प्राप्त गरेका छन् भने सीसीए आरसीबीका दिवास सिलवाल उत्कृष्ट ब्याट्सम्यान बनेका छन् र उनले रु. १३,३३३ पाएका छन्। सिड च्यालेन्जर्सका अनन्त गौतम उत्कृष्ट बलर घोषित भई रु. १३,३३३ को पुरस्कार प्राप्त गरेका जनाइएको छ।
प्रतियोगितामा कुल २८ वटा म्यान अफ द म्याच पुरस्कार प्रदान गरिएको थियो भने प्रत्येक पुरस्कारको राशि रु. १,३३३ रहेकोले यसको कुल रकम रु. ३७,३२४ पुग्नुका साथै बीईजी र बीपीसीबीच आयोजित मैत्रीपूर्ण खेलमा बीपीसी विजयी भएको बताइएको छ।
प्रायोजक तथा सहयोगीका रुपमा टाइटल स्पोन्सरः एसीसीए, गोल्ड स्पोन्सरः आवान ट्रेडिङ, सिल्भर स्पोन्सरः अस्ट्रिक्स एजुकेसन हब, कम्युनिटी सपोर्टरः एजीके पार्टनर्स, हस्पिटल पार्टनरः शुभम इन्टरनेशनल हस्पिटल रहेको जनाइएको छ।
ब्रिटिश प्रोफेसनल कलेजबारे
ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) द ब्रिटिश कलेजको भगिनी संस्था हो भने बीपीसीले सन् २०१३ देखि नेपालमा एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ र नेपालमा एसीसीएको उच्चतम प्रोभाइडर स्तर प्लेटिनम स्टाटस प्राप्त गरेको बताइएको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
