पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
पोखरा । लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले पोखरामा आयोजना गरेको एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। कम्पनीका अनुसार,असोज १५ गतेदेखि असोज १८ गतेसम्म सञ्चालन भएको क्याम्पमा १०० भन्दा बढी एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधन सहभागी भएका छन् भने पोखरा केन्द्रित रहेर आयोजना गरिएको क्याम्पमा गोरखालगायत आसपासका क्षेत्रका ग्राहक तथा सवारीसाधनले समेत सहभागिता जनाएका थिए।
ग्राहकलाई नियमित सर्भिसिङप्रति प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने, आवश्यक मर्मतसम्भारबारे जानकारी उपलब्ध गराउने तथा बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको बताइएको छ।
क्याम्पअन्तर्गत ग्राहकलाई श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराइनुका साथै सहभागी सवारीसाधनको प्राविधिक जाँच तथा ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरिएको जनाइएको छ।

बिएस ६ प्रविधि र आधुनिक सवारी सञ्चालनमा जोड
व्यावसायिक सवारीसाधनको क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण, इन्धनको प्रभावकारी उपयोग, सुरक्षा र सञ्चालन खर्च व्यवस्थापन महत्वपूर्ण विषय बन्दै गएका छन्। यस सन्दर्भमा बिएस ६ उत्सर्जन मापदण्डले सवारीसाधनबाट निस्कने हानिकारक प्रदूषकको मात्रा घटाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ। आधुनिक इन्जिन तथा उत्सर्जन नियन्त्रण प्रणालीमा आधारित बिएस ६ प्रविधिले व्यावसायिक सवारीसाधनलाई थप वातावरणमैत्री बनाउने दिशामा योगदान पुर्याउँने जनाइएको छ।
एसएमएल महिन्द्राका नयाँ पुस्ताका सवारीसाधनमा उपलब्ध इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट, मल्टी–इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर एन्ड इकोनोमी ड्राइभिङ मोड्स जस्ता प्रविधिले सवारी सञ्चालनलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने बताइएको छ ।
यी प्रविधिले सवारीको नियन्त्रण, उकालोमा सहज सुरुवात, चालकलाई आवश्यक सूचना उपलब्ध गराउने तथा ड्राइभिङ व्यवहार सुधार गर्न सहयोग पुर्याउनुका साथै सम्बन्धित सुविधाको उपलब्धता भने मोडेल तथा भेरियन्टअनुसार फरक हुन सक्ने जनाइएको छ।
नियमित मर्मतसम्भारले सवारीको विश्वसनीयता कायम राख्न सहयोग
कम्पनीका अनुसार,आधुनिक बिएस ६ सवारीसाधनमा इन्जिन तथा उत्सर्जन नियन्त्रण प्रणालीको उचित सञ्चालनका लागि नियमित सर्भिसिङ महत्वपूर्ण हुन्छ भने समयमै लुब्रिकेन्ट परिवर्तन, फिल्टर तथा ब्रेकको जाँच, आवश्यक प्राविधिक निरीक्षण र उपयुक्त स्पेयर पार्ट्सको प्रयोगले सवारीको कार्यसम्पादन कायम राख्न तथा सम्भावित समस्या समयमै पहिचान गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ।
यसैलाई ध्यानमा राख्दै आयोजना गरिएको सर्भिस क्याम्पले ग्राहकलाई आफ्ना सवारीसाधनको प्राविधिक अवस्था बुझ्ने, आवश्यक मर्मतसम्भारबारे जानकारी लिने तथा सवारीको नियमित हेरचाहसम्बन्धी प्राविधिक परामर्श प्राप्त गर्ने अवसर प्रदान गरेको बताइएको छ ।
१०० भन्दा बढी सवारीसाधनको सहभागिताले ग्राहकहरूमा नियमित सर्भिसिङ तथा प्राविधिक मर्मतसम्भारप्रतिको चासो देखाएको कम्पनीको विश्वास छ। पोखरा र गोरखालगायत क्षेत्रबाट ग्राहकको सहभागिताले एसएमएल महिन्द्राका ग्राहकसँगको प्रत्यक्ष सम्पर्क र बिक्रीपछिको सेवाको पहुँचलाई थप बलियो बनाउन सहयोग गरेको जनाइएको छ।
लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.नेपालमा एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधनको एकमात्र वितरक हो भने कम्पनीले बस, ट्रक तथा अन्य व्यावसायिक सवारीसाधनको बिक्रीसँगै सर्भिसिङ, स्पेयर पार्ट्स र प्राविधिक सहयोगमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताएको छ।
कम्पनीका अनुसार,पोखरामा सम्पन्न यस सर्भिस क्याम्पले नियमित मर्मतसम्भार, आधुनिक बिएस ६ प्रविधिको उचित प्रयोग र प्रभावकारी बिक्रीपछिको सेवाको महत्वबारे ग्राहकमा सचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याएको छ।
सम्बन्धित समाचार
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
आज अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
ट्रेन्डिङ
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
