पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
बुटवल । युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब २,५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको बताइएको छ ।
कम्पनीका अनुसार,पल्सर आरपीएम बुटवलमा बाइक स्टन्ट,बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहेका थिए । पल्सर एन१६० मार्फत प्रस्तुत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको ऊर्जा थप बढाएको थियो भने स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिताले कार्यक्रमलाई स्थानीय परिवेशसँग जोडेको जनाइएको छ।
कार्यक्रममा स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुति समेत रहनुका साथै पल्सर एन १६० र एनएस २०० का डिस्प्ले तथा टेस्ट राइड जोनले सहभागीलाई मोटरसाइकललाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेको बताइएको छ। कफी, खानाका परिकार तथा गिफ्ट पप–अप स्टलहरूले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएका जनाइएको छ ।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा र युवा समुदायलाई आफ्नो सीप, रुचि र सृजनशीलता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ। काठमाडौँबाट सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार हुँदै स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग थप नजिकिएको कम्पनीको दाबी छ।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा कार्यक्रममा सहभागी सम्पूर्णलाई बजाज पल्सरले धन्यवाद व्यक्त गरेको छ।
काठमाडौँबाट सुरु भएको यात्रा बुटवलसम्म आइपुगेको छ भने अब पल्सर आरपीएमको यात्रा नयाँ शहर र नयाँ समुदायसँग जोडिँदै अघि बढ्ने जनाइएको छ ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
