Jankari Kendra
२१ आश्विन २०८३, बुधबार

एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, २१
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर

काठमाडौँ । एम्पियर नेपालले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक सुविधा पाउनुका साथै लक्की ड्रमार्फत रु.१ लाख जित्ने मौका समेत प्राप्त गर्ने जनाइएको छ।

“नयाँ सवारी, नयाँ उमङ्ग–यसपालिको महाचाड एम्पियरसँग” भन्ने अभियान सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत एम्पियर नेक्सस तथा म्याग्नस खरिद गर्ने ग्राहकहरूले रु.२०,००० नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप रु.२०,००० मूल्याङ्कनमध्ये एक सुविधा रोज्न सक्ने कम्पनीको दबी छ।

यसका साथै ग्राहकहरूले १ वर्ष निःशुल्क सर्भिसिङ, ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने बताइएको छ।

कम्पनीका अनुसार,चाडपर्व योजनाको मुख्य आकर्षणका रूपमा अफर अवधिभित्र एम्पियर स्कुटर खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमार्फत रु.१ लाख जित्ने अवसर पाउने छन्।

एम्पियर आरईओ भीवाईबी मोडलमा भने ग्राहकहरूले रु.१०,००० नगद छुट वा रु.१०,००० थप एक्सचेन्ज मूल्याङ्कनमध्ये एक सुविधा प्राप्त गर्न सक्नुका साथै नियम तथा सर्तहरू लागू हुनेछ जनाइएको छ।

एम्पियर नेपालका अनुसार यो योजना चाडपर्वको अवसरमा ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने तथा इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको हो।

यो चाडपर्व योजना छठ पूजासम्म मान्य रहनेछ भने ग्राहकहरूले नजिकैको एम्पियर शोरुममा पुगेर अफर, सवारी उपलब्धता तथा लागू हुने नियम तथा सर्तबारे विस्तृत जानकारी लिन सक्ने बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स