विद्युत प्राधिकरणमा नयाँ जागिर खुल्यो
नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा पाँच सय एक जना कर्मचारीका लागि नयाँ दरबन्दी खुल्ला गरेको छ ।
सहायक र अधिकृत स्तरका विभिन्न पदमा ५ सय १ जना कर्मचारीका लागि प्राधिकरणले नयाँ दरबन्दी खोलेको हो । सहायक स्तरका पदमा ३ सय ९५ र अधिकृतस्तरमा १ सय ६ जना कर्मचारी माग गरिएको छ ।
अधिकृतस्तरमा वातावरणविद्, जियोलोस्टि, सर्भे अधिकृत, इन्जिनियर, तथ्यांकशास्त्री, अर्थशास्त्री, कानुन अधिकृत, प्रबन्धक, सहायक प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, उप–निर्देशक, सह–निर्देशक पदमा कर्मचारी माग गरिएको छ ।
सहायकस्तरमा भने मिटररिडर सुपरभाइजर १९ जना, लेखापालमा १९ जना, इलेक्ट्रिक सुपरभाइजर ४० जना, मेकानिकल सुपरभाइजर ७ जना, सिभिल सुपरभाइजर ३ जना, हेभी इक्विप्मेन्ट अपरेटर १ जना, सिनियर मिटररिडर ७२ जना, सहायक लेखापाल २४ जना माग गरिएको छ । त्यस्तै फोरम्यान इलेक्ट्रिसियन ७८ जना, सिभिल इलेक्ट्रिसियन ४ जना, फोरम्यान ड्राइभर ८ जना, मिटर रिडर ३५ जना, इलेक्ट्रिसियन ८० जना तथा ड्राइभर ५ जना माग गरिएको छ ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

