एमाओवादीका नेता जनार्दन शर्मा प्रभाकरले माओवादी
एमाओवादीका नेता जनार्दन शर्मा प्रभाकरले माओवादी आन्दोलनलाई पुनर्गठन र एकताबद्ध गर्न वैचारिकसभा गर्नुपर्ने प्रस्ताव पार्टीको चालु केन्द्रीय समितिको वैठकमा गरेका छन् ।
केन्द्रीय समितिको वैठक माघ १५ गतेसम्मका लागि सरेकाले तपाईंको यो प्रस्ताव तुहिने त होइन ? भन्ने प्रश्नमा प्रभाकर भन्छन- ‘त्यस्तो हुँदैन । वहुसंख्यक केन्द्रीय सदस्यहरु एकता र माओवादीको पुनर्गठनको पक्षमा रहेकाले केही ढिलै भए पनि कार्यान्वयन हुन्छ । तलैदेखि संयन्त्र बनाएर यसका लागि छलफल गर्दै एकता र पुनर्गठन गर्न पनि सकिन्छ ।’
प्रभाकरले आफ्नो पार्टीमा सबै माओवादीहरुका केन्द्रीय सदस्यहरुबीच वैचारिकसभा गरेर आगामी दिशा पहिल्याउनु पर्ने प्रस्ताव गरेका छन् । माओवादी अल्मलिएको बेलामा यो उत्तम विकल्प हो भन्ने धारणा राखेका छन । भन्छन- प्रचण्ड, किरणहरुले भनेको कुरा पूर्ण सत्य होइन । आंशिक सत्यमात्र हुन । विना पूर्वाग्रह एक ठाउँमा बसेर छलफल गर्ने हो भने नयाँ निश्कर्ष निकाल्न सकिने मेरो मत हो । माओवादी एकताबद्ध हुनुपर्छ भन्ने सबै नेताहरुको चाहना हो तर त्यसका लागि कुन विधिबाट जाने भन्ने कुरामात्र हो ।
केन्द्रबाट गरिने कुरा एकातिर छँदैछ, तलैबाट यसका लागि संयन्त्र बनाएर छलफल गर्दै माहौल बनाउन पनि सकिन्छ, अझ जोड त मेरो यसमा हो, प्रभाकरको भनाइ रहेको छ ।
सम्बन्धित समाचार
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
