• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • ९ घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • ११ घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • १३ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १४ घण्टा 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १४ घण्टा 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १४ घण्टा 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

  • २. नेप्सेमा हरियाली: ४८.७१ अंकको उछाल,कारोबार १० अर्ब नजिक

  • ३. आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

  • ४. रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

  • ५. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • ६. ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

  • ७. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

  • ८. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ९. एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

  • १०. २०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

पिनासः कसलाई, किन र कसरी हुन्छ ?

admin २०७४, पुष, १९

पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्ˆलामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो ।

यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरू हुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन् ।

यी साइनसहरूमा प्राकृतिकरुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास -साइनोसाइटिस) भनिन्छ ।

प्रकारः पिनास तीव्र पिनास, मध्यम पिनास र जीर्ण पिनास र आवर्तक तीव्र पिनास गरी चार प्रकारका हुन्छन् ।

१. तीव्र पिनासः पिनास ग्रन्थीहरूएकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफै ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ ।

२. मध्यम पिनासः चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ।

३. जीर्ण पिनासः १२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ ।

४. आवर्तक तीव्र पिनासः लामो एक वर्षमा चार वा धेरै पटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनेर भनिन्छ ।

कारणहरू

१. एलर्जी ।

२. नाकमा मासु पलाउनु ।

३.नाकको हड्डी बाङ्गिनु ।

४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण ।

५. .माथिल्लो श्वासमार्गको सङ्क्रमण ।

६. भाइरसहरूको सङ्क्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्ˆलुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्ˆलुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।

७. ब्याक्टेरिया: स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्ˆलुएन्जा, मोराक्सेला क्याटार हृयालिस स्टाफाइलो कोकस अरिएस ।

८. ढुसीको सङ्क्रमणः कमजोर प्रतिरक्षा प्रणाली, जस्तैः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।

९. रसायनहरूको गन्धः तिक्ष्ण रासायनहरूको गंधले पिनास ग्रन्थीको शोथ गराउदछ ।

लक्षणहरू

१) रुघा लाग्नु ।

२) टाउको भारी भएर दुख्नु ।

३) पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु ।

४) स्वर परिवर्तित हुनु ।

५) नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु ।

६) दाँत दुख्नु ।

७) गन्धग्रहण शक्ति कमजोर हुने ।

८) स्वाद ग्रहण शक्ति कमजोर हुने ।

९) ज्वरो आउने ।

१०) बेचैनी बढ्नु ।

११) नाक बुझिनु  ।

१२) नाकबाट सिंगान बग्नु ।

१३) घाँटी खसखसाउनु ।

१४) थकान ।

१५) श्वास गन्हाउने ।

१७) हाच्छुयु आउने ।

१८) अनुहार सुन्निने ।

निदान विधि

१) रोगको इतिहासः पिनास हुँदा टाउको दुख्ने र रुघा लाग्ने लक्षणहरूबाट सुरु हुन्छ । अन्य प्रकारको रुघा लाग्दा सामान्यतया ७ दिनको पुरै समय लिएर ठिक हुन्छ तर पिनास हुँदा रुघा एक दुइदिन पछि नै रोकिन्छ  र पिनासको रुप धारण गर्छ । पिनास हुँदा देखिने लक्षणहरू प्रयजसो रुघाखोकी फ्लू दम, श्वास प्रश्वास प्रणालीको जिर्ण रोगहरू, माइग्रेन, राइनाइटीस, आदिमा पनि देखा पर्ने हुँदा पिनासलाई अन्य रोगहरूबाट ठिकसँग छुट्याउन आवश्यक छ । पिनास हुँदा विशेषतः अन्य लक्षणहरूका साथसाथै पिनास ग्रन्थी वरिपरि दबाउँदा असाध्यै पिडा हुन्छ ।

२) एक्स-रे : एक्स-रे गरेर पिनास ग्रन्थीमा कफ जमे नजमेको पत्ता लगाउन सकिन्छ ।

३) सिटी स्क्यानः सिटी स्क्यान गर्दा अझ कहाँ कहाँ र कति कफ जमेको छ भनेर पत्ता लगाउन सकिन्छ ।

४) एमआरआईः यो सिटी स्क्यान र एक्स-रे भन्दा पनि उत्तम खालको निधान पद्दति हो ।

रोकथाम र बच्ने उपाय

पिनासको सबैभन्दा आम कारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरूअनेक हुन सक्छन् । जस्तै ः

१) माकुराको जालो, फूलको पोलन, चिसो , ढुसी, धुवा धुलो घोडाको लिदि पशुको भुत्ला, पंक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ ।

२) ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरूलाई नियमित सरसफाई गरिरहुनपर्छ ।

जस्तै ? गद्दा, सोफा, कार्पेट, गलैचा, डोरम्याट, पर्दा रुमाल आदि ,

३) परफ्युम अत्तर आदिको बासनाले पनि धेरैलाई उलर्जी हुनसक्छ ।

४) दुषित वायुमा जस्तै धुवा धुलो धुम्रपान, आद्र वायुबाट बचौँ ।

५) घरमा हावा गुम्सिन नदिऔँ । भरको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौँ ।

६) जाडोको मौसममा कम तापमान, र आद्र हावामा पिनास ग्रन्थीहरूको संक्रमण हुनसक्छ । तसर्थ जाडोबाट बचौँ । यसैगरी अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुन सक्छ ।

७) तनाव, अनिद्रा, डर, चिन्ता, उदासिनता र नैराश्यता आदिबाट पनि बच्ने गरौँ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणादी कमजोर हुनगइ पिनास हुनसक्छ ।

८) रुघाखोकी लागेका व्यक्तिहरूबाट पनि बच्ने गरौं  ।

९) तलाउ, पोखरी खोला वा स्वीमिङपुलमा डुबेर नुहाउँदा नाकमा पानी पसि पिनास ग्रन्थीको संक्रमण हुनसक्छ ।

१०) मौसमी संक्रमणबाट बचौँ । ब्याक्टेरिया भाइरस, फङ्गस आदिको संक्रमणले पिनास हुन सक्छ ।

११) नाक, कान घाट र दातको संक्रमणले भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौँ । कहिलेकाहि यी संक्रमण पिनास ग्रन्थीमा सरेर पिनास हुनसक्छ ।

१२) जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने गरौँ ।

१४) दैनिक ३-४ लिटर पानी पिउने गरौँ ।

१५) नाकमा मासु पलाएएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौँ ।

१६) नाकको सफाईमा विशेष ध्यान दिऔँ ।

उपचार

पिनासको उपचार गर्नुभन्दा पहिलो हामीले पिनास हुनको कारण पत्ता लगाउनुपर्ने हुन्छ । यसका साथसार्थ पिनासको प्रकार पिनास बढाउने र घटाउने तत्वहरूपनि थाहा पाउनुपर्ने हुन्छ । कारणको इकिन निक्र्यौल गरी उपचार गर्दा उपचार चाडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।

प्राकृतिक उपचार

१) जलनेती गर्नेः प्रचिनकालदेखिनै ऋषिमुनीहरूले नाकको सफाई गर्नको लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा उमालेर मनतातो बनाइएको नुनपानीलाई एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्दतिले पिनास नियन्त्रण गर्छ ।

२) सूत्रनेतिः रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरि पुरै  श्वासमार्गलाई नै सफाई गर्ने क्रियालाई सूत्रनेती भनिन्छ । सूत्रनेति गरिसकेपछि पुनः जलनेति गर्नु पर्छ ।

३) अनुहारको वाफ लिनेः उम्लिाएको पानीमा नाक खुलाउने दबाई हाली वा नहालीकन पानीको वाफमा अनुहार एक्सपोज गरी कपडाले पुरै टाउको र वाफको भाडोसहित ढाकेर नाकबाट वाफ लिनेगर्दा तातो वाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली प्रदाह कमा गर्न मद्दत गर्दछ । नोटः वाफ लिँदा आँखा बचाएर लिने गरौँ ।

४) कुन्जल क्रियाः उमालेर मनतातो बनाएको पानीमा नुन हाली ८-१० गिलास पानी पिएर वमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा आमाशय सफा हुन्छ नै । साथसाथै यसले नाक र पिनास ग्रन्थीमा जम्मा भएर रहेको फोहरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ ।

५) टाउकाको मालिसः तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पुर्‍याउँदछ ।

६) मसलाहरूको सेवनः तिक्ष्ण स्वाद भएका मसलाहरूजस्तै तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार, आदि हालिएको सब्जी खादा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तिक्ष्ण स्वादका वस्तुले कफ काट्नेछ ।

७) अकुप्रेसरः अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर विन्दुहरूमाथि वा हतेकला वा पैतालाका विन्दुह दवाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

८) भुइकटहरको गुवो वा अंगुरको बिचको प्रयोगः भुकटहरको गुवोमा ब्रोमेलिन नामको प्रोटिन पाईन्छ । यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा ध्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ ।

९) गाईको घिउः सुत्नुभन्दा पहिले २-३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।

१०) प्रशस्त पानी पिउनस्ः पिनास भएकाहरूले प्रशस्त पानी पिउने गर्नुपर्छ । पानीको निहुमा कोल्डडि्रङ्क्स, पेप्सी, जुस, चिनी हालिएका पेप सुप आदि पिउनुहुँदैन । रक्सी र चुरोटको सेवन पनि पिनासका लागि हानिकारक छ । पेय पदार्थको सेवन गर्दा कफ काट्ने पदार्थको छनौट गर्नुपर्छ ।

११) नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बाङ्िगएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने गरौँ ।

योग चिकित्सा

आसनहरूः  शलभासन, मंडूकासन महावीरासन, वीरासन, पृष्ठचालनासन, कर्णपिडासन, शिषर्ासन।

प्राणायामः अनुलोम-विलोम, कपालभाती, भस्त्रिका, महाभेद ।

ध्यान वा पूर्ण विश्रामको लागि सिथिलिकरण वा शवासन को अभ्यास ।

खानपान व्यवस्थापन

पिनास मुख्यतः एलर्जी, तनाव, कमजोर प्रतिरक्षा प्रणाली र संक्रमण संग सम्बनिधत रोग हो । पिनासको लागि खानपान व्यवस्थापन गर्दा मुख्यतः यिनै कारणहरूलाई आधार मानेर गर्नुपर्ने हुनेछ ।

के के खाने ?

१) मसलाहरूको सेवनः पिनास भएकाहरूले तिक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरूको सेवन गर्दा वेश हुन्छ । जस्तैः लसुन, प्इाज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसा, ज्वानो, सौफ, अदुवा, हिङ ।

२) अमला र भुईकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका गर्दछ ।

३) खजुर, किसमिस, स्याउ, गैरअम्लिय ताजा फलफूल खाने गरौँ ।

४) तर पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने यी मसलाहरूको पहरेज गर्नुपर्छ ।

५) तातो पानीको सेवन, प्रशस्त झोल पदाथएको सेवन

६) तातो पानी र बेसार

के के नखाने ?

तारे-भुटेको, संरक्षित खाद्यान्न, कोल्ड डि्रङ्क, स्टार्चयुक्त खाना, सेतो चीनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तिक्ष्ण मसाल, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध एवं दुग्धजन्य पदार्थ ।

(लेखक चितवनस्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन्)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
भाडाको कोठामा बस्नेहरू होसियार, भुलेर पनि नगर्नुस् यी गल्ती नत्र रिसाउनेछिन् माता लक्ष्मी
सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत

ताजा

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.