सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ। कार्यक्रम भोलिदेखि जेठ ११ गतेसम्म ६ दिन सञ्चालन हुने बताइएको छ।
नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गर्न लागेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री मोडलहरू प्रदर्शनीमा राखिनेछन्।
व्यक्तिगत प्रयोगदेखि व्यावसायिक तथा फ्लीट सञ्चालनसम्मका आवश्यकतालाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष अफर, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ।
विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइलप्रेमी, व्यवसायी, फ्लीट अपरेटर तथा सार्वजनिक तथा व्यावसायिक यातायातमा ईभी अपनाउन चाहनेहरूका लागि यो कार्निभल उपयोगी हुने अपेक्षा गरिएको कम्पनीले बताएको छ।
सीजी मोटर्सका अनुसार, यो कार्यक्रम केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री र वातावरणमैत्री यातायाततर्फको रुपान्तरणलाई गति दिने प्रयास पनि हो। एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, खरिद सुविधा र एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई ईभी अपनाउने निर्णय अझ सहज बनाउन कार्निभल केन्द्रित रहने जनाइएको छ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?