• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • ७ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ९ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १० घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १० घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ११ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ११ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • २. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ३. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

  • ४. आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित

  • ५. प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान

  • ६. बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

  • ७. एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

  • ८. तातो कफीले पोलेर घाइते भएकी प्रितीलाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्ने

  • ९. तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह

  • १०. संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

सुस्तामा झुलुङ्गे पुलमा ढिलाइ , स्थानीय डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य

admin २०७४, पुष, २१

रबिन्द्र यादव/नवलपरासी

सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरुको समस्या बढदै गएको छ । ठेकेदारले झोलुङ्गे पुलको निर्माणमा विभिन्न कारण देखाई ढिलाई गरिहेको हुँदा सुस्ताबासीहरु आफ्नै जिल्लाको सुस्ता गाउँपालिका वा सदरमुकाम आउन जोखिम पुर्ण यत्रा डुङ्गा नै चढन बाध्य भएका छन् । यसरी कछुवा तालमा भैरहेको पुल निर्माणले सुस्ताबासी कहिले सुख पाउलान भनि तिनको मनमा चिन्ता समेत समाएको छ । नारायणी (गण्डकी) पारी भारतको विहार संग जोडिएको सुस्ताभुमी र जिल्लाको सुस्ता गाउँपालिका जोडने गरि सरकारले २ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको लापरवाहीले उक्त पुल निर्माण सुभारम्भ नै एक वर्ष ढिलो भएको स्थानियले बताए । वर्षाैदेखि जोखिम पुर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दियो ।वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अझै ५ प्रतिशत पनि हुन सकेको छैन ।

पुलको निर्माण कार्यमा २ वर्ष बिताएर पनि पिलरको निर्माण गर्न सकिएको छैन । पुलको निर्माण कार्य सुस्त गतिमा भैरहेको । पुल निर्माणमा पटक पटक विभिन्न विवाद समेत उठने गरेको छ । प्राविधिक गडबणी र विभिन्न विवादले पटक पटक अवरुद्ध हुदै आएको पुल निर्माण कार्य ५ वर्षमा पनि पुरा नहुने संकेत देखिएको छ । १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको उक्त झोलुङ्गे पुलको बेस बनाउन कार्यमा जम्मा १६ वटा पाईल मात्र धाँसिएको छ । पुलको निर्माणका लागि कुल २ सय २० वटा पाईल धाँसी ४ वटा ठुलो अग्लो पिलर ठढयाईने छ भने १० वटा सानो पिलर ठडयाई पुल बाँधिने कार्य गरिने साइट सब ईन्जिनियर गोपाल बहादुर थापाले बताए । त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयामा ठेक्का लिएको उक्त पुलको निर्माण कार्यमा ढिलाई हुनु लामो समय मधेश आन्दोलन, वर्षायाममा भिषण बाढी र भारतीय विवाद रहेकोे साईट सब ईन्जिनियर थापाले बताए । नारायणी (गण्डक) नदीपारी भारतको विहार सिमासंग जोडिएको नेपालकै भुमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो ।

हाल सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भुमी पुग्न नदीवारी पक्लिहवाँ गाँउ स्थित नदीको बन्धाबाट करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्न पर्दछ । उक्त यात्रा २ घण्टा भन्दा बढि लाग्ने गर्दछ । वर्षाको बेला उच्च बाढीका कारण सुस्ताबाट आवत जावत गर्नै सकिने अवस्था रहदैन । वर्षाैंदेखि सुस्तामा बसोबास गर्दै आएका सुस्ताबासीहरु कुनै प्रकारको सरकारी तथा गैरसरकारी कामकाज गराउन र बजार गर्न त्रिवेणी बजार आउन पर्दा जोखिमपुर्ण यात्रा डुङ्गा नै तारेर आउने गर्दछन् । डुङ्गाको सफर सुख्खा याममा दुरी कम र जोखिम पनि कम हुन्छ तर वर्षातको मौसममा नदीको भिषण बाढीले पुरै नदीमा पानी भर्दछ र यात्राको दुरी बढाउने देखि यात्रा उच्च जोखिममा पुग्ने गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिए । सुस्तामा उत्पादित बालीहरु बेचविखन गर्न र मजदुरी गर्न पनि डुङ्गा नै तारेर आवत जावत गर्दछन सुस्ताबासी । सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो ।

सुस्तामा खास गरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । सुस्ताबाट नेपाल आवतजावत गर्न अर्काे विकल्पको बाटो भारतीय बाटोपनि छ जुन बाटो तय गर्दा डुङ्गा चढन पर्दैन तर त्यो बाटो प्रयोगमा भारतीय एसएसबीले पटक पटक रोक लगाउने देखि सुस्ताबासीहरुलाई मानसिक एवं शारिरीक यातना दिने गर्दछ । भारतीय एसएसबीको ज्यादतीले सुस्ताबासी त्यो बाटो प्रयोग गर्न डराउने गरेको अध्यक्ष गुरुङ्गले बताए । विगतमा बाढीको बेला डुङ्गाको यात्रा गर्दा कतिपटक त डुङ्गै पल्टेर भौतिक तथा मानविय क्षति भएको छ गुरुङ्गले दुखेसो पोखे । गुरुङ्गले भने, डुङ्गा चढिन्छ तर पारी सहिसलामत पुगिन्छ कि नाई भन्ने त्रास मनमा बसिरन्हन्छ । छोटो दुरीमा आफनो बचावका लागि सबै सुस्ताबासीहरु पौडी सिकेका छन् । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र ७ हजार हेक्टेयर क्षेत्रफल भातरले जोतभोगबाट रोक समेत लगाएको छ । करिब ३ सय घरधुरी रहेको सुस्ता भुमिमा बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.