जेठमा लाग्ने भयो बुद्धिको ‘चङ्गा’
कमेडी जनरामा बनेको फिल्म ‘चङ्गा’कको प्रदर्शन मिति तय गरिएको छ । बुद्धि तामांग (हैट)को मुख्य भूमिका रहेको यस फिल्म वर्ष २०७५ को जेष्ठ २५ गतेबाट प्रदर्शन हुने भएको हो ।
हास्यकलाकार किशोर भण्डारी (डिठ्ठा साब)ले निर्देशन गरेको यस फिल्मलाई भण्डारीलेनै निर्माण पनि गरेका हुन् । फिल्मलाई मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ भने उपत्यकामा करण श्रेष्ठ रिच इन्टरटेनमेन्टले वितरण गर्ने छ । सामाजिक एवं पारिवारिक कथा बोल्ने यस फिल्ममा बुद्धिका अलावा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
गाउँको एक युवामा आउने एक उतार चढावलाई रमाइलोसंग प्रस्तुत गरिएको बताइएको यस फिल्मलाई निर्देशकलेनै लेखेका हुन् भने फिल्ममा प्रकु पाण्डेको कार्यकारी निर्माण र निर्मात्रिकी रुपमा रेश्मा तिमल्सिना हुन् । फिल्ममा रविन आचार्यको छायांकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
