जेठमा लाग्ने भयो बुद्धिको ‘चङ्गा’
कमेडी जनरामा बनेको फिल्म ‘चङ्गा’कको प्रदर्शन मिति तय गरिएको छ । बुद्धि तामांग (हैट)को मुख्य भूमिका रहेको यस फिल्म वर्ष २०७५ को जेष्ठ २५ गतेबाट प्रदर्शन हुने भएको हो ।
हास्यकलाकार किशोर भण्डारी (डिठ्ठा साब)ले निर्देशन गरेको यस फिल्मलाई भण्डारीलेनै निर्माण पनि गरेका हुन् । फिल्मलाई मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ भने उपत्यकामा करण श्रेष्ठ रिच इन्टरटेनमेन्टले वितरण गर्ने छ । सामाजिक एवं पारिवारिक कथा बोल्ने यस फिल्ममा बुद्धिका अलावा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
गाउँको एक युवामा आउने एक उतार चढावलाई रमाइलोसंग प्रस्तुत गरिएको बताइएको यस फिल्मलाई निर्देशकलेनै लेखेका हुन् भने फिल्ममा प्रकु पाण्डेको कार्यकारी निर्माण र निर्मात्रिकी रुपमा रेश्मा तिमल्सिना हुन् । फिल्ममा रविन आचार्यको छायांकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

