सेक्स प्रकृतिको बरदान हो भन्छिन यी गायिका
आम नेपालीको प्रवृत्ति न हो, अपवादवाहेक मै खाउ“, मै लाउ“, अनि सुखसयल पनि मै गरू“ भन्ने भावना राख्छन् । सुविधा र विलासी जीवन बिताउने चाहना राख्ने व्यक्तिकोे बाहुल्य अन्यत्रभन्दा हामीकहा“ व्यापक छ । तर, उहा“मा यो भावना कहिल्यै जागेन । जाग्यो त दीन–दुःखीहरुको पीडा साटासाट गर्ने, सेवामार्फत मुलुक बदल्ने र आफूलाई पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने । उहा“ले एउटा नेपाली कलाकार हुनुको गर्व, मुलुक अनि समाजप्रतिको उत्तरदायित्व साबित गर्नुभएको छ । यसैको परिणाम त उहा“ आफ्नो निःस्वार्थ गन्तव्यतर्फको पाइलालाई अघि बढाउ“दै शिखरतर्फ लम्कने जमर्कोमा हुनुहुन्छ । लगनशील, कर्मठ, परिश्रमी, समाजसेवी, जोसजाँगर र इच्छाशक्तिका धनी, मनकारी, गायिका, संगीतकार, रचनाकार एवं सञ्चारकर्मी लक्ष्मी हमालको चर्चा हो यो ।
बेजोड कला भएर पनि नेपथ्यमा पर्नुभएकी लक्ष्मीको जन्म विक्रम सम्वत् २०३७ जेठ १ गते मोहनसिंह र दुर्गाको ३ छोरा तथा ३ छोरीमध्ये पहिलो सन्तानका रूपमा मध्यपश्चिमको नेपालगन्जमा भएको हो । उहाँका ३ भाइ र २ बहिनी हुनुहुन्छ । यद्यपि उहाँहरूको स्थायी ठेगाना भने बुटवल हो । बुबा व्यापारको दौरानमा नेपालगन्ज पुग्नुहुँदा लक्ष्मीको जन्म उतै भएको हो । उच्चवर्गीय पारिवारिक पृष्ठभूमिकी लक्ष्मीको बाल्यकाल निकै रमाइलो ढंगबाट बित्यो । घरकी जेठी छोरी भएकाले होला– उहाँको मागअनुसार जे भन्यो त्यही पु¥याइयो । त्यस्तै ४ वर्षको उमेरमा उहाँलाई बुटवल घरनजिकैको श्री जनजागृति उच्च माध्यमिक विद्यालयमा भर्ना गरियो । अध्ययनमा अब्बल र बहुप्रतिभाकी धनी लक्ष्मीमा सानैदेखि एकखालको विलक्षण प्रतिभा देखियो । ‘बिहानीले दिउसोको झल्को दिन्छ’ भनेजस्तै बालपनबाटै गीत–संगीत र सिर्जनाप्रति हुरुक्क हुनुहुने उहाँले तोतेबोली फुटेबाटै आफ्नो भविष्यको गन्तव्य–संकेत पहिल्याउन थाल्नुभएको हो । सानामा घर–स्कुल गर्दा पनि गीत, कविता गुन्गुनाइरहनुहुन्थ्यो उहाँ । ‘कतै गीत–संगीत र कविताको आवाज आयो कि कान ठाडो भइहाल्थ्यो’ लक्ष्मी आफ्नो बाल्यकाल स्मरण गर्नुहुन्छ– ‘गीत–संगीत अनि कविता भनेपछि त ध्यान नै एकाग्र हुन्थ्यो, घरमा बस्दा पनि म आफैं लेख्थेँ ।’
विद्यालयमा हरेक शुक्रवार साँस्कृतिक कार्यक्रम हुने गर्दथ्यो । त्यसमा उहाँ कक्षा २ पढ्दादेखि नै सहभागी हुन थाल्नुभयो । लक्ष्मीको त्यो प्रतिभा देखेर कार्यक्रम हुने दिन शिक्षक–शिक्षिकाको पनि पहिले उहाँतर्फ नै आँखा गढिन्थ्यो । त्यहाँ उहाँले अनिवार्य रूपमा गाउन र कवितावाचन गर्नैपर्ने हुन्थ्यो । ‘उच्च शिक्षा लिँदा त मेरो झन बढी चर्चा हुन थाल्यो’ लक्ष्मी गर्वका साथ भन्नुहुन्छ– ‘त्यसले अझै मलाई हौसला बढायो, यहाँसम्म आइपुग्ने ढोका खोलिदियो ।’ यस्तैयस्तैमा उहाँले बुटवलबाटै उच्च शिक्षासम्मको अध्ययन पूरा गर्नुभयो र काठमाडौं आउनुभयो । बुटवल होस् या काठमाडौंमा अध्ययन गर्दा, विभिन्न विद्यालय, कलेज, क्षेत्र, जिल्ला, अञ्चल र राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रममा भाग लिएर थुप्रै पुरस्कार हात पारेको क्षण उहाँको मानसपटलमा ताजै छ ।
उसो त वि.सं.२०६२ मा लक्ष्मीले ‘मेरो माया क्षितिजपारि…’ बोलको गीत गाउनुभयो । त्यो गीत नेपाल टेलिभिजनलगायतका थुप्रै ‘च्यानल’मा धेरैपटक बज्यो, निकै चर्चा बटुल्यो । उहाँले त त्यो गीत सजिलै गाउनुभयो तर, पछि साथी–अग्रज तथा प्रशंसकहरूले भनेपछि पो थाहा भयो– त्यो गाउन निकै गाह्रो थियो । मौलिकतामात्रै होइन– प्रशिक्षण पनि जरुरी रहेछ भन्ने शिक्षा पाएर अनि उहाँले केही समय गुरुदेव कामद र त्यसपछि पुतलीसडकस्थित साधन कला केन्द्रमा प्रकाश गुरुङसँग संगीत सिक्नुभयो । तर, बिडम्बना घरायसी र कार्यालयको कामले गर्दा तीन वर्षभन्दा बढी त्यहाँ समय दिन सक्नुभएन । हुन त राजधानी आएलगत्तै समाजमा असहायका लागि केही गर्नुपर्छ भन्ने भावना छचल्किसकेको थियो लक्ष्मीमा । त्यसैको प्रष्फुटन होला– कतिपय ग्रामीण जिल्लामा ‘ह्याण्डीक्राफ्ट’ को तालिम दिनुभयो । त्यसका अतिरिक्त आफ्नो कलाकारिता विधालाई पनि अघि बढाउनुपर्ने अर्को बाध्यता रह्यो उहाँसँग ।
यही सिलसिलामा उहाँले डेढ दर्जन गीति एल्बम, आधा दर्जन टेलिचलचित्र र केही चलचित्रको गीतमा स्वर दिनुभएको छ । पछिल्लो चरणमा गत असोज २९ गते उहाँको एल्बम ‘सारा खुसी’ सार्वजनिक भएको छ– जसमा छवटा गीत रहेका छन् । शब्दरचना पनि लक्ष्मीकै रहेका छ त्यसमा । एक÷एकवटा गीतमा भने विकास चौधरी र सञ्जय हमालले संगीत दिनुभएको छ । त्यही एल्बममा समेटिएका निकै चर्चित गीत लोभलाग्दो श्रव्यदृश्यसहित अब छिट्टै गाउँ–सहरमा घन्कियो भने धेरैलाई जिज्ञासा र कौतुहलले सताउँछ– यो कोकिल आवाज कसको होला भनेर । अनि जोकोहीले पनि बाध्य भएर मुक्तकण्ठले लक्ष्मीको प्रशंसा गर्छन्– ‘यी गीतका शब्द, रचना, संगीत, मोडलिङ र गायिकाको कला–स्वर सबै उत्कृष्ट छन् ।’ यतिमात्रै होइन– यस्ता अरू थुप्रै गीत लिएर आउँदै हुनुहुन्छ लक्ष्मी ।
त्यसो त कतै नेपाली सांगीतिक आकाशमा उज्यालो थप्नकै लागि उहाँको जन्म भएको त होइन ? भन्ने लाग्छ । नेपाली कलाकारिता क्षेत्रकी होनहार नक्षत्र तथा नेपाल संगीतकार संघकी सदस्य लक्ष्मी स्पष्टवादी तथा हक्की स्वभावकी हुनुहुन्छ । तर, अफसोच अरूलाई चाँडो विश्वास गर्ने बानी छ । सानैदेखि मिलनसार, सहयोगी, दिलदार र समाजसेवाको भावनाले ओतप्रोत हुनुभएकी उहाँ आफैंमा सामाजिक अभियन्ता पनि हुनुहुन्छ । थुप्रै सामाजिक काम गरेर धेरैको मन जित्नुभएको छ लक्ष्मीले । उहाँ गर्व गर्नुहुन्छ– ‘समाज र देशका लागि केही गर्न सकिएन भने हामी बाँच्नुको कुनै औचित्य रहन्न ।’ कलाकारिता क्षेत्रमा शिखर लम्कँदै अनि चम्कँदै गर्नेमात्रै होइन– आफ्नो अन्तिम लक्ष्यमा पुग्न अहोरात्र मेहनत गरिरहनुभएको छ, डटिरहनुभएको छ उहाँ । यस क्षेत्रमा अझै अघि बढ्न, घरपरिवार, आफन्त, साथीभाइ, इष्टमित्र, प्रशंसक र गुरुलगायतले साथ–सहयोग र हौसला दिइरहनुभएको दावी उहाँको छ । प्रेम, यौन र विवाहमा के भिन्नता छ ? भन्ने जिज्ञासामा लक्ष्मी भन्नुहुन्छ– ‘प्रेम भनेको दुई आत्माको मिलन हो र अनि यौन प्रकृतिको देन ।’
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
