नेपाल भ्रमण स्थगितबारे सलमानले मुख खोल्ने, बैशाखमा आउने
काठमाडौं, बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नो नेपाल भ्रमणबारे भोलि विशेष रुपमा बोल्ने भएका छन् । उनको नेपाल भ्रमण स्थगित भएको छ।
यही फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण डेढ महिना पर धकेलिएको छ । सलमान अब वैशाख पहिलो साता नेपाल आउने आयोजकले बताएको छ । यसबारेमा भने सलमानले भोलि बोल्नेछन् ।
‘दबंग द टूर नेपाल’को आयोजक ओडिसी इन्टरटेनमेन्टले हिजो (शुक्रबार) एक वक्तव्य जारी गर्दै तत्कालका लागि सलमानको भ्रमण स्थगित भएको जानकारी दिएको थियो । ओडिसीले कार्यक्रमको तयारीका लागि करिब १० करोड खर्च भइसकेको जानकारी दिँदै वैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने बताएको छ।
टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्ने स्पष्ट पार्दै वैशाखमा सारिएपनि टिकट बिक्री भने जारी नै राख्ने आयोजकको तयारी छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
