Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

सार्बजनिक भयो चलचित्र अनुरागको पोष्टर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, असार, २७
सार्बजनिक भयो चलचित्र अनुरागको पोष्टर

बरिष्ठ पत्रकार ॠषि धमलाकी पत्नी अभिनित चलचित्र ‘अनुराग’को पोष्टर सार्वजनिक गरिएको छ । पछिल्लो केही समययता चलचित्रको पोष्टर गीतसंगीत र ट्रेलरपछि रिलिज गर्ने क्रम निक्कै बढ्न थालेको छ ।

चलचित्रको पोष्टरमा एलिजा र समुन्द्रको रोमान्सलाई प्राथामिकता दिइएको छ । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् । यस चलचित्र असोज १२ गतेबाट रिलिज हुने तयारीमा छ ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । चलचित्रमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी छन । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ  ।

[su_youtube url=”https://youtu.be/LwJ-02FHuLw” width=”920″ height=”880″]

Top Changing Nepal

युट्युब सट्स