विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या
जानकारी केन्द्र
२०७६, बैशाख, १
काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको छ । फेसबुक र इन्साटाग्राम प्रयोगकर्ताको पहुँचमा छैनन भने ह्याट्सएपमा म्यासेज पठाउन र प्राप्त गर्न समस्या भएको छ ।
फेसबुकको प्रयोगमा समस्या आएको कुरा ट्वीटरमार्फत जानकारी गराइएको छ । फेसबुकले व्यहोरेको यो नै अहिलेसम्मको सबभन्दा ठूलो समस्या भएको बताइएको छ । करिव १२ घण्टाअघि देखिएको यो समस्याको समाधान अझै हुन सकेको छैन ।
दुई अर्ब तीस करोड प्रयोगकर्ता रहेको फेसबुकमा के कारणले समस्या आएको भन्ने वास्तविकता खुलाइएको छैन । सर्भरमा समस्या देखिएकोले बन्द भएको फेसबुकले जनाएको छ । प्रयोगकर्ताले व्यहोरेको समस्याप्रति फेसबुकले माफि मागेको छ ।
यसअघि सन् २००८ मा पनि फेसबुकले यस्तै किसिमको समस्या व्यहोरेको थियो ।
–एजेन्सी
साभार baahrakhari.com
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

