चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतारिने
वैशाख ३१, क्यालिफोर्निया | अमेरिकाको अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्ने संस्था नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एजेन्सी) ले चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतार्ने भएको छ।
नासाले सन् २०२४ सम्ममा चन्द्रयान ‘आर्टेमिस’ पठाउन तयारी गरिरहेको मंगलबार बिहान घोषणा गरेको हो। नासाले आर्टेमिसमा महिला र पुरुष चन्द्रमामा पठाउने जनाएको छ। नासाले पहिलो अमेरिकी महिला चन्द्रमामा पठाउने अभियानको नाम ‘मुन २०२४’ राखेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नासालाई महिलासहितको अभियान चन्द्रमामा पठाउनलगायत अन्तरिक्ष अनुसन्धानका लागि आज बजेट थपिदिएपछि नासाले अभियानको घोषणा गरेको हो ।
राष्ट्रपति ट्रम्पले सन् २०२० को बजेटमा मानवसहितको चन्द्र अभियान ‘मुन २०२४’ का लागि नासालाई १ अर्ब ५० करोड अमेरिकी डलर थपिदिएको नासाका अधिकारी जिम ब्राइडेन्स्टाइनले जानकारी दिएका छन्।उनका अनुसार उक्त रकम चन्द्र अभियानको प्रणाली डिजाइन, विकास र अनुसन्धान र चन्द्रमाका ध्रुवीय क्षेत्रको अनुसन्धानका लागि दिइएको हो।
नासाले अपोलोकी जुम्ल्याहा बहिनी तथा चन्द्रमाकी देवीको नामबाट महिलासहित चन्द्रमा पठाइने यानको नाम आर्टेमिस राखिएको जनाएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
