Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतारिने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७६, बैशाख, ३१

वैशाख ३१, क्यालिफोर्निया | अमेरिकाको अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्ने संस्था नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एजेन्सी) ले चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतार्ने भएको छ।

नासाले सन् २०२४ सम्ममा चन्द्रयान ‘आर्टेमिस’ पठाउन तयारी गरिरहेको मंगलबार बिहान घोषणा गरेको हो। नासाले आर्टेमिसमा महिला र पुरुष चन्द्रमामा पठाउने जनाएको छ। नासाले पहिलो अमेरिकी महिला चन्द्रमामा पठाउने अभियानको नाम ‘मुन २०२४’ राखेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नासालाई महिलासहितको अभियान चन्द्रमामा पठाउनलगायत अन्तरिक्ष अनुसन्धानका लागि आज बजेट थपिदिएपछि नासाले अभियानको घोषणा गरेको हो । 

राष्ट्रपति ट्रम्पले सन् २०२० को बजेटमा मानवसहितको चन्द्र अभियान ‘मुन २०२४’ का लागि नासालाई १ अर्ब ५० करोड अमेरिकी डलर थपिदिएको नासाका अधिकारी जिम ब्राइडेन्स्टाइनले जानकारी दिएका छन्।उनका अनुसार उक्त रकम चन्द्र अभियानको प्रणाली डिजाइन, विकास र अनुसन्धान र चन्द्रमाका ध्रुवीय क्षेत्रको अनुसन्धानका लागि दिइएको हो।

नासाले अपोलोकी जुम्ल्याहा बहिनी तथा चन्द्रमाकी देवीको नामबाट महिलासहित चन्द्रमा पठाइने यानको नाम आर्टेमिस राखिएको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स