प्रतिवन्धित विप्लव समूहको बन्दका कारण राजधानीको जनजीवन प्रभावित
काठमाडौ, जेठ १३- राजधानीका आइतबार भएका शृखंलाबद्ध बम विस्फोट पछि सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। राजधानीको तीन स्थानमा भएका बम विस्फोटमा चार जनाको ज्यान जानुका साथै ८ जना घाइते भएका छन ।
शृखंलाबद्ध बम विस्फोट पछि सरकारले तीनै सुरक्षा प्रमुखहरुसहित बसेको बैठकमा आइतबार साँझ गृहमन्त्री रामबहादुर थापा बादलले हाइ अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर घाइते षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको थियो । आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज (सोमबार)का लागि आयोजना गरेको बन्दलगायतका कार्यक्रमको अघिल्लो दिन आइतबार विस्फोट गराएको हो ।
उक्त विरोधमा बन्द गरेको विप्लब समूहले बन्दको अवज्ञा गरे जनकारबाही गर्ने धम्की पूर्णृपर्चा छर्दै हिडेको छ । जिल्ला-जिल्लामा डरत्रासको भरमा बन्द हुनेभएपनि उपत्यकामा भने बन्द कहिले नै सफल हुन सकेको छैन् । उपत्यकामा पनि बन्द सफल गराउन धम्कीपूर्ण जुक्ति निकालेको उपत्यका विशेष ब्युरोले पर्चा मार्फत नै धम्कीपूर्ण शब्दहरु प्रयोग गरेको छ ।
बन्दका लागि सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन् । बन्द असफल पार्न सुरक्षा निकाय हाइ अलर्टमा रहेको पनि सुरक्षा निकाय प्रमुखले जानकारी दिए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

