• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • ६ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • ७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १० घण्टा 

आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन
  • १० घण्टा 

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • २३ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

  • २. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ३. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ४. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • ७. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ८. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • ९. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • १०. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

उखु कृर्षक समिती र प्रशासनको दबाब पछि भुक्तानी तालिका सार्वजनिक ।

admin २०७६, जेष्ठ, १८

रबिन्द्र यादव

पश्चिम नवलपरासीमा स्थानिय प्रशासन र उखु कृर्षक समिती ( तदर्थ )को पहल पश्चात चिनी उद्योगले उखुको रकम भुक्तानी गर्ने तालीका सार्वजनिक गरेको छ । प्रशासन र उखु कृर्षक समितीको बिशेष पहलमा नवलपरासीको प्रतापुरमा रहेको ईन्द्रा सुगर मिलले भुक्तानी तालीका सार्वजनीक गरेको हो । यसरी सार्वजनिक भएको भुक्तानी तालीकामा आगामी असार महिना भित्र गत बर्ष वाकी रहेको करिब ५ करोड रुपैया किसानहरुलाई भुक्तानी गर्ने उल्लेख गरिएको छ ।

यसैगरी असार महिना पछि यस बर्षको भुक्तानी हुनुपर्ने करिब १५ करोड रुपैया भुुक्तानी गरिने मिलद्धारा जानकारी दिईएको छ । उखु दिएर रकम नपाएका उखु किसानको समस्या समाधान गर्ने पक्षमा लागेको उखु कृर्षक समिती र स्थानिय प्रशासनले कडा कदम चालेपछि मिलले रकम भुक्तानी गर्न केही सकारात्मक देखिएको हो ।

उखु किसानको पक्षमा सधै रहेको स्थानिय प्रशासनले यस पटक नियमानुसार चाडो भन्दा चाडो रकम भुक्तानी नगरे चिनी उद्योगलाई समेत कारवाही गर्ने पक्षमा स्थानिय प्रशासनले चासो देखिएपछि उद्योगहरु रकम भुक्तानी गर्न सकारात्मक देखिएका हुन् । यस अगाबै एक साता भित्र चिनी उद्योगहरुले रकम भक्तानी तालीका सार्वजनिक नगरे चिनी उद्योगहरुमा तालाबन्दी गर्ने आन्दोलनको कार्यक्रम उखु कृर्षक समिती अघि सारेपछि चिनी उद्योग झन रकम भुक्तानी गर्न सकारात्मक देखिएको हो ।

आन्दोलनको घोषीत कार्यक्रम अनुसार ईन्द्रा सुगर मिल तालाबन्दी गर्न पुगेका समितीका अध्यक्ष दुधनाथ गुप्ता , प्रबत्ता धिरज त्रिपाठी सहितको टोलीलाई उद्योगले भुक्तानी तालीम सार्बजनिक गरेको थियो । सोही अनुसार उद्योग समेत किसानहरुको रकम भुक्तानी गर्न सकारात्मक देखिएको र भुक्तानी तालीका समेत सार्बजनिक गरेकाले तत्काललाई आन्दोलनका कार्यक्रम स्थगीत गरिएपनि किसानको भुक्तानीमा मिलले सार्वजनिक गरेको तालीकामा कुनै समस्या आएमा आन्दोलन जारी राख्ने प्रबत्ता त्रिपाठीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामीछानले सबै उद्योग संन्चालनहरुलाई तत्काल भुक्तानीको सुचना जारी गर्न कडा निर्देशन दिएपछि ईन्द्रा सुगर मिलले यसरी रकम भुक्तानी गर्ने गरी सुचना जारी गरेको हो । अब यो संगै स्थानिय प्रशासनले किसानलाई समयमै रकम भुक्तानी नगर्ने चिनी उद्योगहरुलाई कडा भन्दा कडा कारवाही गर्ने जनाएपछि अन्य उद्योगहरुले पनि अब भुक्तानीको तालीका सार्वजनिक गर्ने अवस्था देखिन्छ ।

यस पटक उखु कृर्षक समिती ( तदर्थ ) र स्थानिय प्रशासन कुनै पनि हालतमा सबै किसानलाई समयमै रकम चिनी उद्योगले भुक्तानी गर्नुपर्ने अवस्था सृजना गर्न कुनै कसर बाकी नराख्ने देखिन्छ । प्रमुख जिल्ला अधिकारी लामीछानले किसानको समस्या मानवीय संबेदनशिलता संग जोडिएको बिषय भएकाले यस पटक किसानको समयमै सबै रकम भुक्तानी गराउने पक्षमा प्रशासन रहेको बताउनुभयो । , चिनी उद्योगहरुले तत्काल किसानहरुको रकम भुक्तानी सुरु नगरे उखु कृर्षक समिती को अगुवाईमा बिभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेपछि एउटा उद्योगले रकम भुक्तानीकलागी सहज अवस्था बनाएको छ ।

तिन वटा चिनी उद्योगमा उखु दिएबापत यस बर्ष मात्र करिब २० करोड रुपैया उखु किसानहरुले पाउन पर्ने छन् भने अघिल्लो बर्षको समेत करिब ५ करोड रुपैया पाउनुपर्ने छ । पश्चिम नवलपरासी उखु उत्पादनको लागी उर्भरभुमी मानिन्छ । सो क्षेत्रबाट निर्वार्चीत संघीय सांसद एवं पूर्ब मन्त्री हृदेश त्रिपाठीले समेत उखु किसानलाई तत्काल चिनी उद्योगहरुले भक्तानी सुरु गर्नुपर्ने बताउदै अाउनु भएको छ ।

पूर्ब मन्त्री त्रिपाठीले,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल चिनी उद्योगहरुले रकम भुक्तानी सुरु गनुपर्ने र यसकालागी आफुले तत्काल सदन देखी प्रधानमन्त्री सम्म कुरा गर्ने त्रिपाठीले बताउनुभयो । गएको सिजनमा ‘चिनी मिलहरु २ महिना ढिलो चलेको र सिजन भन्दा पहिलनै बन्द भए यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ ।

नवलपरासीमा मात्रै झण्डै दुई लाख क्विन्टल उखु खेतमै रहदा चिनी उद्योग बन्द भए कारणले किसान चिन्तित छन तर अब पनि पैसा दिन उद्योगले आनाकानी गरेमा आफुलेनै किसाहरुको आन्दोलन अगुवाई गर्ने त्रिपाठीले बताउनुभयो । सरकारले मिल सञ्चालकहरुमाथि किसानहरुको उखु खरिद गरेबापतको रकम भुक्तानी नगरेमा चिनी उद्योग संन्चालकहरु हस्तक्षेप गर्न आवश्यक रहेको त्रिपाठीले बताउनुभयो ।

किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले बृद्धि गर्ने काम हुँदा पनि सरकारले यस प्रति तत्काल ध्यान केन्द्रिय हुनुपर्ने त्रिपाठीको भनाई छ । उहांले, ‘यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्छ । ढिलो मिल चलाएको कारण मिल सञ्चालकहरुले पनि ३० प्रतिशत अनुदान दिनुपर्छ ।’ भन्नुभयो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

ताजा

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.