प्रतापपुर गाउँपालिकाको पहिलो सार्वजनिक सुनवाइ सम्पन्न ।
रबिन्द्र यादव/ नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको सार्वजनिक सुनवाई शनिबार सम्पन्न भएको छ । गाउँपालिकाले हाल सम्म सञ्चालन गरेको योजना तथा कार्यक्रमको विषयमा जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम गरेको हो । सार्वजनिक सुनवाई कार्यक्रम मार्फत गाउँपालिकाका सरोरकारवाला सहित अन्य सर्वसाधारण स्थानियवासिन्दाहरुलाई गाउँपालिकाले गरेको काम कार्वाहीको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा गाउँपालिकाले सम्पन्न गरेको तथा सञ्चालनमा रहेका योजना अन्य सेवा प्रवाहको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गाहले प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै अधीकृत गाहले हाल सम्म गाउँपालिको पुजीगत योजनाको खर्च २३ % र संचालन खर्च ४६ % प्रतिशत रहेको जानकारी दिए।
सहभागीहरुले उठाएको जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, प्रमुख प्रशासकिय अधीकृतले घनश्याम गाह, शिक्षा शाखा प्रमुख दधिराम शर्मा,प्राविधिक प्रमुख इन्जिनियर अानन्द यादव, स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंह, वडा अध्यक्षहरुले पारेका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रमबाट गाउँपालिकाका सरोकारवाला निकायमा जवाफदेहीता बढ्नुका साथै पारदर्शीता हुनेमा विस्वास लिइएको छ । सोही गाउँपालिकाको वडा नम्बर ९ को त्रिभुवन क्याम्पसको गाधी हल बेलाटारीमामा भएको सार्वजनिक सुनवाइको संयोजन त्रिवेणी सामुदायिक टेलिभिजनले गरेको थियोे ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
