प्रतापपुर गाउँपालिकाको पहिलो सार्वजनिक सुनवाइ सम्पन्न ।
रबिन्द्र यादव/ नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको सार्वजनिक सुनवाई शनिबार सम्पन्न भएको छ । गाउँपालिकाले हाल सम्म सञ्चालन गरेको योजना तथा कार्यक्रमको विषयमा जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम गरेको हो । सार्वजनिक सुनवाई कार्यक्रम मार्फत गाउँपालिकाका सरोरकारवाला सहित अन्य सर्वसाधारण स्थानियवासिन्दाहरुलाई गाउँपालिकाले गरेको काम कार्वाहीको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा गाउँपालिकाले सम्पन्न गरेको तथा सञ्चालनमा रहेका योजना अन्य सेवा प्रवाहको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गाहले प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै अधीकृत गाहले हाल सम्म गाउँपालिको पुजीगत योजनाको खर्च २३ % र संचालन खर्च ४६ % प्रतिशत रहेको जानकारी दिए।
सहभागीहरुले उठाएको जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, प्रमुख प्रशासकिय अधीकृतले घनश्याम गाह, शिक्षा शाखा प्रमुख दधिराम शर्मा,प्राविधिक प्रमुख इन्जिनियर अानन्द यादव, स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंह, वडा अध्यक्षहरुले पारेका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रमबाट गाउँपालिकाका सरोकारवाला निकायमा जवाफदेहीता बढ्नुका साथै पारदर्शीता हुनेमा विस्वास लिइएको छ । सोही गाउँपालिकाको वडा नम्बर ९ को त्रिभुवन क्याम्पसको गाधी हल बेलाटारीमामा भएको सार्वजनिक सुनवाइको संयोजन त्रिवेणी सामुदायिक टेलिभिजनले गरेको थियोे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

