ट्रेड युनियनका अध्यक्ष ढकालले दिए मन्त्री पण्डितलाई यस्तो चुनौति
मंसिर ४, काठमाण्डौ । आधिकारिक ट्रेड युनियनका अध्यक्षमा पुण्यप्रसाद ढकालले कर्मचारीतन्त्रमा विकृति कामयै रहेको स्विकार गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ढकालले विकृति हुँदा हुँदै पनि कर्मचारीहरुले देशका लागि धेरै योगदान दिएको दावी गरे । भ्रष्टाचार गर्ने कर्मचारीलाई राज्यले कारबाही गर्नुपर्नेमा जोड दिए । आफू भ्रष्टाभारमुक्त देशका लागि सबैसँग हातेमालो गर्न इच्छुक रहेको उनले बताए ।
युनियनले पनि घुसखोरी र कमिसतन्त्रको विरुद्धमा हरेक जिल्लामा अभियान चलाएको ढकालले बताए ।
संघिय मामला तथा सामान्य प्रशासन मन्त्रीले कर्मचारी अटेरी भए भन्ने तर्कबारे जवाफ दिदै ढकालले मन्त्री पण्डित कर्मचारीहरुको अभिभावक भएको उल्लेख गर्दै आलोचना गरे । मन्त्रालयले हरेक दिन ५० औँ जना कर्मचारीको सरुवा गर्ने गरेको भन्दै असन्तुष्टी जनाए ।
“हरेक दिन कर्मचारी सरुवा गर्ने अनि बाहिर गएर कर्मचारीले टेरेनन् भन्ने ? विधि र प्रक्रियालाई काम गर्नुपर्छ । तेरो र मेरो भनेर काम गरियो भने समस्या आउँछ ।” ढकालले भने ।
मन्त्रीले जतिसुकै आरोप लगाए पनि सबै ठाउँमा निजामति कर्मचारीले नै काम गरिरहेको उनको जिकिर छ ।
आफू केही गर्न नसकेर मन्त्री पण्डितले कर्मचारीलाई दोषी बनाउन खोजेको ढकालको आरोप छ । गलत काम गर्ने कर्मचारीलाई नियमअनुसार कारबाही गर्ने उनले मन्त्रीलाई चुनौतिसमेत दिए ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

