Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

ट्यासी चालकको आँखा फुटाएर नगद र मोबाइल लुटे !

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७६, जेष्ठ, २७

ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् ।

ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी शेखर खनालले दिएको जानकारी अनुसार घटनामा बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ ।

हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

ती दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै ट्याक्सीमा चढेका थिए । उनीहरुले चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल लुटेका छन् ।

घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको एसपी खनालले बताए ।

Top Changing Nepal

युट्युब सट्स